२०८३ साउन १० आइतबार

ओली सरकारले ग¥यो मूल्यबृद्धि, कोरोनाले थलिएका जनतालाई महंगीको उपहार

ई आर्थिक    शुक्रबार, असार २६ २०७७
9.4K
Shares
ओली सरकारले ग¥यो मूल्यबृद्धि, कोरोनाले थलिएका जनतालाई महंगीको उपहार

ई–आर्थिक, काठमाडौं । कोरोनाले आम्दानी चौपट भएर बिहान बेलुकीको छाक टार्न समस्या भएका जनतालाई नेकपाको केपी ओली सरकारले मूल्यबृद्धिको उपहार दिएको छ । ओली सरकारले आज बिहिबार छोटा दुरीका सार्बजनिक सवारी साधनलाई सन्चालनको अनुमति दिदै भाडादर पनि ५० प्रतिशत बढाउन अनुमति दिएको हो । यसले समग्र अर्थतन्त्रमा प्रभाब परी बस्तु तथा सेवाको मूल्यबृद्धि हुने छ ।

सार्बजनिक सवारी धनीहरुले प्रधानमन्त्री ओली र बिभागीय मन्त्री बसन्त नेम्वाङलाई नाजायज प्रभाबमा पारेपछि सरकारले यस्तो निर्णय गरेको स्रोतले बताएको छ । स्मरणीय के छ भने यातायात ब्यबसायीहरुको नेत्तूत्वमा झापालीहरुको हाबी छ । ब्यबसायीहरुले चार महिनादेखि यातायातका साधन बन्द हुदा बैंकको ब्याज तिर्न समस्या भएको भन्दै प्रधानमन्त्री ओलीसमक्ष लबिङ गरिरहेका थिए ।

भेटघाटमा प्रधानमन्त्री ओली बन्द अबधिको सावा ब्याज सबै असुल हुने गरी सरकारले निर्णय गरिदिने भन्दै बिश्वस्त पारिरहेका थिए । यसैले यातायात ब्यबसायीका नेताहरुले सबै उक्सने गरी सरकारले निर्णय गर्न लागेको तर सबैले ‘केही योगदान’ गर्नुपर्ने भयो भन्दै लबिङ गरिरहेका थिए । अहिले सरकारले ५० प्रतिशत भाडा बढी असुल गर्न पाउने गरी सवारी साधन सन्चालनमा अनुमति दिएपछि ब्यबसायी फुरुङ्ग भएका छन् । तर बाहिर असन्तुष्टि देखाएजस्तो गर्ने सहमति भएको स्रोतले बताएको छ । महंगी बढ्छ भन्दै जनस्तरबाट बिरोध हुने भएकाले असन्तुष्टि जस्तो देखाउन बालुवाटारले नै उर्दी जारी गरेको बताइएको छ ।

सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने बताउँछन् । काठमाडौंमा उपत्यकाभित्र र बाहिर सम्बन्धित जिल्लाभित्र यातायात सन्चालनमा आउने उनले जानकारी दिए । मन्त्री खतिवडाले ट्याक्सीहरु तत्कालै चल्न सक्ने भए पनि अन्य सार्वजनिक यातायातलाई तयारी गर्न केही समय लाग्न सक्ने बताए ।

ट्याक्सीले पनि काठमाडौं उपत्यकाभित्र र बाहिर सम्बन्धित जिल्लामा सञ्चालन गर्नुपर्नेछ । ट्याक्सीमा चालकबाहेक २ जना मात्र चढ्न पाउनेछन् । सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जनामात्र बस्न पाउनेछन् । ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ भने यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ ।

चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनु पर्नेछ । एक दिनमा एक पटक बस निसंक्रमण पनि गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij