२०८३ साउन ९ शनिबार

कोरोना भाइरस संक्रमित २९ बर्षिय पुरुषको ललितपुरमा मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुग्यो

ई आर्थिक    सोमबार, असार १५ २०७७
9.4K
Shares
कोरोना भाइरस संक्रमित २९ बर्षिय पुरुषको ललितपुरमा मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुग्यो

ई–आर्थिक, काठमाडौं । कोरोना भाइरस संक्रमित एक २९ बर्षिय पुरुषको ललितपुरस्थित स्टार हस्पिटलमा गएराती निधन भएको छ । ती युवकलाई १३ गते नै रौतहतवाट स्टार अस्पताल ल्याइएको थियो । ल्याएको चार घण्टामै उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

सो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका उनको स्वाव परीक्षण गर्दा कोरोना पोजिटिभ भेटिएको थियो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको कोरोना पुष्टि भएको थियो ।

दमको रोगी ती युवालाई श्वास–प्रश्वासमा समस्या भएपछि स्टार हस्पिटलको आईसियूमा भर्ना गरेर उपचार गरिदै थियो । बैठक बसेर उनको शव व्यवस्थापन गरिने ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयका जानकारी दिएको छ ।

एक साता अघि नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना भई डिस्चार्ज भएका थिए । त्यो भन्दा अघि भारतमा पुगेर उपचार गराउँदा भने त्यहाँ उनको परीक्षण गर्दा कोरोनाको संक्रमण थिएन । यसरी हेर्दा उनमा उपचार पछि संक्रमण भएको हुन सक्ने अनुमान चिकित्सकको छ ।

मृतक युवकसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । यद्यपी नेपाल सरकारको स्वास्थय मन्त्रालयले भने आधिकारिक पुष्टि दिउसोको नियमित पत्रकार सम्मेलनमा घोषणा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij