२०८३ साउन ९ शनिबार

कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ पुग्यो, कैलालीका संक्रमितको भरतपुर अस्पतालमा मृत्यु

ई आर्थिक    शनिबार, असार १३ २०७७
5.2K
Shares
कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ पुग्यो, कैलालीका संक्रमितको भरतपुर अस्पतालमा मृत्यु

ई–आर्थिक, चितवन । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेर २८ पुगेको छ । कैलालीको गोदावरी नगरपालिका ७ का कोरोना संक्रमित ५० बर्षिय पुरुषको चितवनको भरतपुर अस्पतालमा मृत्यु भएसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या २८ पुगेको हो । गत बिहीबार राति मात्रै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनको शुक्रबार दिउँसोदेखि स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेसन वार्डबाट आईसीयूमा सारिएर उपचार भइरहेको थियो ।

उनलाई असार ११ गते राति ८ बजे भरतपुर अस्पताल रिफर गरिएको थियो । उनी फोक्सोको क्यान्सरका विरामी समेत रहेको अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij