ई–आर्थिक, काठमाडौं । अष्ट्रेलियाबाट २५९ जना नेपाली लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौंको सिड्नीबाट उडेको छ । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत उनीहरु नेपाल आउँदै गरेको नेपाल एयरलाइन्स स्रोतले जानकारी दिएको छ ।
नेपाल आउनेमा आफ्ना छोराछोरीलाई भेट्न अष्ट्रेलिया आएका अभिभावक र केही पर्यटकहरु रहेका छन् । उनीहरु विगत चार महिनादेखि लकडाउनका कारण अड्किएका थिए ।
अष्ट्रेलियाबाट नेपाल फर्किन इच्छा देखाउँदै १३ सय जनाले फाराम भरे पनि पहिलो चरणमा २५९ जनालाई काठमाडौं पठाइएको दुतावास स्रोतले जानकारी दिएको छ । प्रत्येक यात्रुहरुबाट २ हजार ३ सय ५० अष्ट्रेलियन डलर भाडा लिइएको सो एयरलाइन्सले जानकारी दिएको छ ।
सबै हवाई यात्रुहरु पीसीआर परीक्षण गरिएको उनीहरु रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएकै कारण उनीहरुलाई नेपाल पुगेपछि होल्डिङ सेन्टरमा राखेर होम क्वारेन्टिनमा पठाइने भएको छ ।
नेपाल एयरलाइन्सको सो जहाजमा क्याप्टेन समझ कुमार श्रेष्ठ, क्याप्टेन श्रवण रिजाल, क्याप्टेन मनोहर कोल्हात्कर लगायतको चालक टिम रहेको छ । त्यस्तै फ्लाइट अफिसरको रुपमा भोगेन्द्र कठायत, सन्जय पौडेल र प्रशान्त श्रेष्ठ पनि सो एयरलाइन्समै रहेका छन् । सोही फ्लाइटमा न्यूजिल्याण्डमा रहेका ११ जना नेपालीहरुलाई पनि सिड्नी हुँदै काठमाडौं आउँदै गरेका छन् ।