२०८३ साउन ९ शनिबार

नेपालमा कोरोना : थप ४५१ जनामा संक्रमण पुष्टि, कुल संक्रमित ६२११ पुग्याे

ई आर्थिक    सोमबार, असार १ २०७७
7.2K
Shares
नेपालमा कोरोना : थप ४५१ जनामा संक्रमण पुष्टि, कुल संक्रमित ६२११ पुग्याे

ई-आर्थिक, काठमाडौं। नेपालमा थप ४५१ जना कोरोनाबाट संक्रमित भएका छन् । जसमध्य ४१६ जना पुरूष र ३५ जना महिला रहेका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ६ हजार २११ पुगेको छ ।

साेमबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले साे कुराकाे जानकारी दिए ।

त्यसैगरी बितेको २४ घण्टामा थप ६७ जना संक्रमणमुक्त भएका छन् । जसमा  ७ महिला र ७० पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना जित्नेको जम्मा संख्या १०४१ पुगेको गौतमले जानकारी दिए ।

नेपालमा कोरोना भाइरसको परीक्षण गर्नको लागि पोखरामा थप एउटा पीसीआर उपकरण जडान गरिएको छ । योसँगै नेपालमा २२ वटा पीसीआर उपकरणले देशका विभिन्न स्थानबाट जम्मा गरिएका स्वाब परीक्षण हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij