२०८३ साउन ९ शनिबार

कोरोना संक्रमित थप दुईको मृत्यु, विभिन्न जिल्लामा गरी ४० जना संक्रमित थपिए

ई आर्थिक    शनिबार, जेष्ठ ३१ २०७७
3.5K
Shares
कोरोना संक्रमित थप दुईको मृत्यु, विभिन्न जिल्लामा गरी ४० जना संक्रमित थपिए

ई–आर्थिक, काठमाडौं । बीरगञ्जको वीरगञ्जको घण्टाघरमा मृत भेटिएका अन्दाजी २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ती युवाको शब वेवारिसे अवस्थामा भेटिएको थियो । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । यसअघि विभिन्न जिल्लामा गरी कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ ।

नाम, थर, ठेगाना नखुलेका ती युवाको शब पोष्टमार्टमपछि पनि नारायणी अस्पतालमै राखिएको छ । बेवारिसे शव भए पनि पीसीआर परीक्षणका लागि अस्पतालले स्वाब संकलन गरेको थियो । मृतकको पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालको पीसीआर ल्याब स्रोतले जानकारी दिएको छ ।

उक्त शवमा कोरोना पुष्टि भएपछि शब उठाउने लगायतका कार्यमा खटिएका तीन जना प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ ।

उता आरडीटी रिपोर्ट पोजेटिभ आएको बारा, निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । निजगढबाट ल्याइएका उनलाई शुक्रबार ११ बजे अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । चिकित्सकको सल्लाहअनुसार भेन्टिलेटरमा राख्न पूर्व र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गरिएको थियो ।

स्वाब संकलन गरेर पीसीआर टेस्टका लागि पठाइएको अस्पतालले जानकारी दिएको छ । स्वाब संकलन गरेर आरटी पीसीआर परीक्षणका लागि नारायणीको ल्याबमा पठाइएको अस्पतालको भनाई छ ।

ती बालकको मृत्यु पनि कोरोना भाइरस संक्रमणकै कारण भए मृतकको संख्या १८ पुग्ने छ ।

यसैबीच आज पनि देशभरमा संक्रमित थपिने क्रम जारी रहेको छ । यसैक्रममा पर्सा जिल्लामा ५, पर्वतमा ४ र नवलपुरमा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी झापा, मोरङ सुनसरी, उदयपुर र इलाममा गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उदयपुरको बेलकामा ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । सुनसरीको देवानगञ्जमा एक महिला र एक पुरुष, सुनसरीकै हरिनगरमा २ जना, भोक्राहामा ६ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै झापाको कचनकवलमा ११ जना, बाह्रदशीमा २ जनामा संक्रमण पुष्टि भएको हो । मोरङको सुनबर्सीमा २ जना र इलामको सूर्योदय नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार ३० जना संक्रमित थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको ३३४ पुगेको छ ।

यसैबीच पर्सामा कोरोना परीक्षण नै नगरी ४ जना संक्रमितलाई डिस्चार्ज गरिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij