ई-आर्थिक, काठमाडौं। नेपालमा कोरोना भाइरसबाट थप ४४८ जना सङ्क्रमित भएका छन् ।
योसँगै सङ्क्रमितहरुको संख्या ५०६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। जसमध्य सङ्क्रमितमा ४ हजार ७०९ जना पुरुष र ३५३ जना महिला रहेका छन् ।
त्यसैगरी, आज थप १६ जना डिस्चार्ज भएका छन् । याेसँगै कुल डिस्चार्ज हुनेको संख्या ८७७ पुगेको छ । त्यसैगरी आज थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। याेसँगै मृत्यु सङ्ख्या १६ पुगेकाे छ ।