२०८३ साउन ९ शनिबार

नेपालमा कोरोनाः थप ३२३ सङ्क्रमित, संक्रमितको संख्या ४०८५ पुग्याे

ई आर्थिक    मंगलबार, जेष्ठ २७ २०७७
3.4K
Shares
नेपालमा कोरोनाः थप ३२३ सङ्क्रमित, संक्रमितको संख्या ४०८५ पुग्याे

ई-आर्थिक, काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित भएका छन् ।

योसँगै सङ्क्रमितको संख्या चार हजार ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । ति मध्य तीन हजार सात सय ९८ जना पुरुष र दुई सय ८७ जना महिला रहेका छन् ।

त्यसैगरी, थप ९६ जना डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या ५८४ पुगेको छ । हालसम्म डिस्चार्ज भएकामध्य ५०७ जना पुरुष र महिला ७७ जना रहेका छन् । यस्तै हालसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । आज संक्रमण भएका जिल्लामा इलाम पनि थपिएको छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले चितवन, भरतपुर ११ का एक कोरोना संक्रमित पुरुषको निधन भएको जानकारी दिएका छन् । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट १५ जनाकाे मृत्यु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij