२०८३ साउन ९ शनिबार

संक्रमितलाई लिन पुगेको प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयको अवरोध, १२ राउण्ड हवाई फायर

ई आर्थिक    शुक्रबार, जेष्ठ १६ २०७७
7.6K
Shares
संक्रमितलाई लिन पुगेको प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयको अवरोध, १२ राउण्ड हवाई फायर

ई–आर्थिक, रौतहट । कोरोना भाइरस कोभिड–१९ संक्रमितलाई आइसोलेसनमा लैजानका लागि पुगेको प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले अवरोध गरेका छन् । दुई पक्षबीच तनाव बढेपछि रौतहटको इशनाथ नगरपालिका–७ को जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा तनाव भएको छ । तनावलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर समेत गर्नुपरेको छ ।

जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ व्यक्तिलाई आइसोलेसनमा लैजाने विषयमा विवाद भएपछि तनाव भएको हो ।

क्वारेन्टाइनमा राखिएका दुई संक्रमितलाई अर्को स्थानमा रहेको आइसोलेसनमा लैजान पुगेका चिकित्सक र सुरक्षाकर्मीलाई स्थानीयले त्यहीँ राख्न माग गर्दै अवरोध गरेपछि स्थिति तनावग्रस्त भएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

तनाव बढेपछि आक्रोसित स्थानीयको भीडले प्रहरीको गाडीमा तोडफोड समेत गरेका छन् । प्रहरी र स्वास्थ्यकर्मीमाथि स्थानीय जाइलागेपछि स्थिति तनाबग्रस्त हुन थालेपछि जिल्ला प्रहरी कार्यालय, रौतहटबाट थप प्रहरी घटनास्थल पुगेका थिए । सोही क्रममा प्रहरीले अवस्थालाई काबुमा राख्न झण्डै १२ राउण्ड जति हवाई फायर गरेको स्थानीय प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij