२०८३ साउन ९ शनिबार

नेपालमा कोराेनाबाट मृत्यु हुनेको संख्या दुई पुग्यो, क्वारेन्टाइनमै मृत्यु भएका युवामा कोरोना पुष्टि

ई आर्थिक    आइतबार, जेष्ठ ४ २०७७
7.5K
Shares
नेपालमा कोराेनाबाट मृत्यु हुनेको संख्या दुई पुग्यो, क्वारेन्टाइनमै मृत्यु भएका युवामा कोरोना पुष्टि

ई-आर्थिक, काठमाडौं । बाँकेको क्वारेन्टाइनमा मृत्यु भएको व्यक्तिमा कोरोना पोजेटिभ भेटिएसँगै नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोराेनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको जनाएको छ ।

नरैनापुरस्थित क्वारेन्टाइनमा आइतबार २५ वर्षीय युवाको मृत्यु भएको हो । रोजगारीका लागि भारतको मुम्बइ जानुभएका उनी गत वैशाख ३० गते नरैनापुर आएर क्वारेन्टाइनमा बसेका थिए । बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवककोे मृत्युु भएको थियो ।

परीक्षणका लागि शनिबार संकलन गरिएको स्वाब परीक्षणको नतिजा कोभिड-१९ पोजिटिभ आएको मन्त्रालयले जनाएको छ । आइतबार बिहान एक्कासी स्वास्थ्यावस्था असामान्य भई युवकको मृत्यु भएपछि नरैनापुर क्वारेन्टाइनमा त्रास छाएको छ ।

यो पनि पढ्नुहोस :

क्वारेन्टाइनमा रहेका युवकको मृत्यु,पाँच दिनअघि मुम्बइबाट आएका थिए

कोरोनाबाट नेपालमा पहिलो मृत्यु, धुलिखेलमा सुत्केरी महिलाको मृत्यु कोरोनाबाट भएको पुष्टी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij