ई-आर्थिक, काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, पर्सा, रुपन्देही र बाराका ५७ जनामा संक्रमण देखिएको हो । यससँगै नेपालमा संक्रमतिको संख्या १९१ जना पुगेको छ।
मन्त्रालयका सह प्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार कपिलवस्तुका ८ जना, रुपन्देही ९, पर्साका ३९ र बाराका एक जनामा संक्रमण देखिएको हो। आज संक्रमण पुष्टि भएका सबै पुरुष हुन्।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
