ई-आर्थिक, काठमाडौं । नेपालमा काेराेना भाइरस (कोभिड-१९) संक्रमितकाे संख्याले सय नाघेकाे छ । बिहीवार कपिलवस्तुका दुई युवाका संक्रमण भेटिएपछि जम्मा संक्रमितकाे संख्या १०१ पुगेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षीय पुरुषमा संक्रमण भेटिएकाे हाे ।
कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।