२०८३ साउन ९ शनिबार

चीनबाट आइपुग्यो अत्यावश्यक कोरोना रोकथामका औषधि र चिकित्साजन्य उपकरण, ७ वटै प्रदेशमा वितरण गरिने

ई आर्थिक    आइतबार, चैत्र १६ २०७६
6.2K
Shares
चीनबाट आइपुग्यो अत्यावश्यक कोरोना रोकथामका औषधि र चिकित्साजन्य उपकरण, ७ वटै प्रदेशमा वितरण गरिने

ई आर्थिक, काठमाडौं ।औषधि र मेडिकलजन्य उपकरण लिन चीन गएको नेपाल एअरलाइन्सको जहाज आइतबार बिहान नेपाल आइपुगेको छ ।

चीनको ग्वान्झाओबाट १२.६६ टन अत्यावश्यक औषधि र अन्य मेडिकल उपकरण सहित आज विहान ५ः४० बजे विमान नेपाल आइपुगेको हो । स्वास्थ्य सामग्री ७ वटै प्रदेशका मुख्यमन्त्रीहरूलाई अत्यावश्यक परिणाममा उपलब्ध गराउने प्रबन्ध उच्चस्तरीय समितिले मिलाएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुक मार्फत जानकारी गराएका छन् ।

जहाजले कोरोनोको उपचार लक्षित औषधि, डाक्टरले लगाउने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) युनिट पीपीई, भेन्टिलेटर लगायतका सामग्री ल्याएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij