२०८३ साउन १० आइतबार

‘लकडाउन’ले पुगेन गौरलाई, दुई दिनको लागि ‘सट डाउन’

ई आर्थिक    आइतबार, चैत्र १६ २०७६
5.3K
Shares
‘लकडाउन’ले पुगेन गौरलाई, दुई दिनको लागि ‘सट डाउन’

तरकारी र खाद्यन्न किन्न भिडभिड हुने गरेपछि स्थानीय प्रशासनले कठोर कदम चाल्यो, तरकारी र खाद्यन्न उद्योग बाणिज्य संघको संयोजनमा घर–घरमा पु¥याइने व्यवस्था

ई–आर्थिक, रौतहट । कोरोना भाइरस नियन्त्रण तथा संक्रमण फैलन नदिन सरकारले गरेको देशैभरीको लकडाउनले रौतहटको गौरलाई भने नपुगेको स्थानीय अधिकारीहरुले निष्कर्ष निकालेका छन् ।

तरकारी र खाद्यन्न खरिदको बहानामा सामान्य दिनको जस्तै भिडभिड हुने भएपछि स्थानीय प्रशासनले लकडाउनको साटो सटडाउन नै गर्ने निर्णय गरेको छ ।

तरकारी र खाद्यान्न खरिदको लागि बिहान र साँझपख स्थानीयहरु बाहिर निस्कँदा भीडभाड बढेर संक्रमण फैलने खतरा बढेर गएको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले दुईदिन सट डाउन गर्ने निर्णय गरेको हो । स्थानीय प्रशासनले आइतबार र सोमबार औषधि बाहेकका सबै पसलहरु पूर्णरुपमा बन्द गराएको छ । प्रशासनको कडाईसँगै आइतबार बिहानदेखि नै गौरमा कुनै पनि पसल खुलेका छैनन् भने सुरक्षाकर्मीले स्थानीयलाई घर बाहिर निस्कन नदिएका प्रशासन स्रोतले जानकारी दिएको छ ।

साँझपख भिडभाड बढ्ने भएकाले लकडाउनले कुनै अर्थ नराखेको प्रशासन कार्यालय स्रोतले जानकारी दिएको छ । अत्यावश्यक खाद्यान्नका लागि भने उद्योग वाणिज्य संघको सहकार्यमा सहज आपूर्तिको व्यवस्थापन मिलाइएको छ । जिल्ला प्रशासन कार्यालयले लकडाउनलाई कडाईको साथ पालना गर्न लगाउने र अवज्ञा गर्नेलाई कारबाही गर्न समेत सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

बजार बन्द भएपछि उद्योग वाणिज्य संघले भने गौरमा रहेका सम्पूर्ण खाद्यान्न पसलहरुको नाम र मोबाइल नम्बर जारी गर्ने र आवश्यक सामग्री घरसम्म पुर्‍याउने व्यवस्था गर्न लागेको उद्योग वाणिज्य स‌ंघ रौतहटले जानकारी दिएको छ । बजारमा भीड हुन नदिन र मूल्यवृद्धि समेत नहुने गरी उपभोक्ताको घरदैलोमै सेवा पुर्‍याउन आवश्यक काम भइरहेको उक्त संघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij