२०८३ साउन ९ शनिबार

चीनबाट ५० हजार परीक्षण कीट ल्याइँदै, राजधानी बाहिर सेवा ‘विस्तार हुँदै’

ई आर्थिक    शनिबार, चैत्र १५ २०७६
4.9K
Shares
चीनबाट ५० हजार परीक्षण कीट ल्याइँदै, राजधानी बाहिर सेवा ‘विस्तार हुँदै’

नेपालगञ्ज र पोखरामा परीक्षण गर्न सकिने

काठमाडौं । सरकारले कोरोनाभाइरस सङ्क्रमणको परीक्षण आउँदो सातासम्ममा नेपालगञ्ज र पोखरामा पनि सुरु गर्न सकिने विश्वास व्यक्त गरेको छ । राजधानी बाहिर धरानमा सम्भवतः शनिवारबाट सुरु गर्न सकिने स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार चीनबाट ५० हजारभन्दा बढी कीट ल्याइँदै छ ।

उनले भने, ‘चीनबाट कीट आएपछि हामीले नेपालगञ्ज र पोखरामा परीक्षण केन्द्र स्थापनाको निम्ति आवश्यक सामान तत्काल पठाउन सुरु गर्छौँ। एक हप्ताभित्र परीक्षण सुरु गर्ने गरी तयारी गरिरहेका छौँ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार नेपाल वायुसेवा निगमको विमान शनिवार १२ बजेर ३२ मिनेटमा चीनको गोन्जाउतर्फ उडेको हो। सम्भवतः उक्त विमान शनिवार राति नै फर्किने बताइएको छ ।

विमानले चीनबाट परीक्षण कीटका साथै स्वास्थ्यकर्मीले लगाउने सुरक्षात्मक पोशाक (पीपीई) लगायतका सामग्री लिएर फर्किने बताइएको छ ।

उनले भने, ‘चीनबाट कीट आएपछि हामीले नेपालगञ्ज र पोखरामा परीक्षण केन्द्र स्थापनाको निम्ति आवश्यक सामान तत्काल पठाउन सुरु गर्छौँ । एक हप्ताभित्र परीक्षण सुरु गर्ने गरी तयारी गरिरहेका छौँ ।’

सबै प्रदेशमा परीक्षण अहिलेमसम्म राजधानी काठमाण्डूमा मात्र परीक्षण सुविधा उपलब्ध छ । नेपालबाट शनिवार दिउँसो चीनतर्फ विमान उडेको र कीटका साथै स्वास्थ्यकर्मीले लगाउने सुरक्षात्मक पोशाक (पीपीई) लगायतका सामग्री लिएर फर्किने बताइएको छ ।

सङ्क्रमण परीक्षणको दर बढाउन र त्यो सुविधा राजधानी बाहिर विस्तार गर्न चीनबाट परीक्षण कीट आएपछि सहज हुने अधिकारीहरूले जनाएका छन् ।

लकडाउनको अवधि थप हुनसक्ने सम्भावनाका साथै राजधानी बाहिरबाट नमुना ल्याउन ढिलो र जटिल हुने भएकाले परीक्षण केन्द्र विस्तारमा जोड दिइएको उनीहरूको भनाइ छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले भने, ‘चीनबाट कीट आयो भने सबै प्रदेशमा परीक्षण सेवा विस्तार गर्न पुग्छ ।’

अहिले नेपालका विभिन्न स्थानमा खासगरी क्षयरोगको परीक्षणका निम्ति पीसीआर उपकरण उपलब्ध छन् । अहिलेसम्मको अनुभवले कोरोनाभाइरसको परीक्षण त्यसकै सहायतामा भइरहेको र ‘अति विश्वसनीय देखिएको’ छ ।

परीक्षण दर पनि बढाइने

राजधानी बाहिर आवश्यकता अनुसार नयाँ पीसीआर वा परीक्षणको निम्ति आवश्यक पर्ने रसायन र किट मात्र पठाइने अधिकारीहरूले जनाएका छन् ।

यसअघि २/३ हजार जति कीट ल्याइएको बताउने स्वास्थ्य अधिकारीहरूका अनुसार अहिलेसम्म तीनै कीटबाट आठ सयभन्दा बढी नमुना परीक्षण भइसकेको छ ।

प्रकोप नियन्त्रणका निम्ति व्यापक रूपमा परीक्षण गर्नुपर्नेमा जोड दिइए पनि नेपालमा निकै कम मात्र परीक्षण गरिएकाले सङ्क्रमण कम देखिएको हुनसक्ने भन्दै कतिपय चिकित्सकहरूले आलोचना गर्दै आएका थिए ।

अधिकारीहरूले सीमित कीटलाई मध्यनजर गरेरै अहिले कोरोनाभाइरस सङ्क्रमणको लक्षण मिल्दोजुल्दो भएका र उच्च जोखिममा रहेकाहरूको मात्र परीक्षण गरिँदै आएको बताउने गरेका छन् ।

चीनबाट थप कीट आएपछि परीक्षणको दर पनि बढाउने बताइएको छ । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij