२०८३ साउन ९ शनिबार

चीनको वुहानबाट ल्याइएको सबै स्वस्थ्य, सरकारको सराहना गर्दै घर फर्किए

ई आर्थिक    सोमबार, फाल्गुन १९ २०७६
8.1K
Shares
चीनको वुहानबाट ल्याइएको  सबै स्वस्थ्य, सरकारको सराहना गर्दै घर फर्किए

ई–आर्थिक, काठमाडौं । चीनको वुहानबाट उद्दार गरेर ल्याइएका १७५ जना नै स्वस्थ्य रहेको पाइएको छ । उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर स्वस्थ्य परीक्षण गरिएको थियो । सबैमा कोरोना संक्रमण नभएको पुष्टि भएपछि उनीहरु आ–आफ्नो घर फर्किएका छन् । यसले उनीहरुको परिवारमा खुसी छाएको छ । घर फर्कने क्रममा उनीहरुले सरकारको सराहना गरेका थिए । समयमै आफूहरुलाई सरकारले उद्धार गरेर ज्यान जोगाएको भन्दै नेपाल सरकार जिन्दाबाद भन्दै नारासमेत लगाएका थिए ।

स्वास्थ्य परीक्षण गरिएको सबैको रिपोर्ट नेगेभिट आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

चीनको वुहानमा कोरोना संक्रमण फैलिएपछि सरकारले त्यहाँ रहेका सबैलाई ४ फागुनमा उद्दार गरेको थियो । उनीहरुलाई भक्तपुर, खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो ।
नेपाल ल्याए लगतै गरिएको परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएको थियो । अहिले पनि नेगेटिभ रिपोर्ट आएपछि पूर्ण स्वस्थ्य रहेको देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij