२०८३ साउन ९ शनिबार

प्रचण्डमाथि फेरि पनि जुत्ता प्रहार, जुत्ता प्रहार गर्ने जनयुद्धमा ज्यान गुमाएका पूर्वलडाकुका छोरा

ई आर्थिक    आइतबार, फाल्गुन १८ २०७६
9.2K
Shares
प्रचण्डमाथि फेरि पनि जुत्ता प्रहार, जुत्ता प्रहार गर्ने जनयुद्धमा ज्यान गुमाएका पूर्वलडाकुका छोरा

ई–आर्थिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि फेरि पनि जुत्ता प्रहार भएको छ । प्रचण्डलाई राष्ट्रियसभा गृहमा जुम्लाका रतन तिरुवाले जुत्ता प्रहार गरेको थियो । यद्यपि उनलाई हानेको जुत्ताले प्रचण्डलाई भने लागेन ।

नेकपाका नेता, पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा राष्ट्रियसभा गृहमा आयोजना गरिएको कार्यक्रममा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई जुत्ता प्रहार भएको थियो । उनलाई ताकेर जुत्ता प्रहार भए पनि उक्त जुत्ता मञ्चसम्म पनि आइपुगेन ।

जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्‍त्रणमा लिएको छ । प्रहरीका साथै प्रचण्डका शुभचिन्तकले उनलाई कुटपिट समेत गरेका थिए ।

प्रचण्डलाई जुत्ता प्रहार गर्ने व्यक्ति को हुन ?

प्रचण्डलाई जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाको सिञ्जाको रतन तिरुवा भएको बुझिएको छ । उनका बाबु मोहन तिरुवा सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका थिए । प्रहरीका अनुसार २०/२२ वर्षका उमेरका उनी लोक सेवा आयोगको परीक्षा तयारीमा रहेको बुझिएको छ ।

प्रहरीले अनुसन्धान गर्दा प्रचण्डले बर्ग संघर्षको कुरा गर्दा चित्त नबुझेपछि जुत्ता हानेको बताएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij