२०८३ साउन ९ शनिबार

७० वर्ष नाघेकालाई चन्द्रागिरिमा निःशुल्क केवलकार सेवा

ई आर्थिक    आइतबार, फाल्गुन १८ २०७६
4.5K
Shares
७० वर्ष नाघेकालाई चन्द्रागिरिमा निःशुल्क केवलकार सेवा

ई–आर्थिक, काठमाडौं । ज्येष्ठ नागरिकहरूको सम्मानका लागि चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवर्द्धित चन्द्रागिरि केवलकारमा ७० वर्ष नाघेका आन्तरिक तथा बाह्य पर्यटकलाई निःशुल्क सेवा प्रदान गरिने भएको छ।

बच्चादेखि वृद्धसम्म सबैका लागि निर्माण गरिएको एकीकृत पर्यटकीय गन्तव्यमा ज्येष्ठ नागरिकहरूको भ्रमणलाई उत्साहित बनाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको हो।

यो योजनाअन्र्तगतको सेवा लिन पर्यटकहरूले ज्येष्ठ नागरिकको परिचय खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनुपर्नेछ।

आफ्नो जन्मदिनको अवसरमा चन्द्रागिरि केबलकार चढ्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई निःशुल्क केबलकारको व्यवस्था कम्पनी व्यवस्थापनले यसअघि नै गरिसकेको छ।

त्यसका अतिरिक्त तीन फिटसम्म उचाइ भएका बालबालिकाहरूलाई पूर्णतः निःशुल्क केबलकार चढ्न पाउने व्यवस्था कम्पनी स्थापनासँगै गरिँदै आइएको छ ।

साथै केबलकारको शुल्कमा स्थानीय नागरिक र विद्यार्थीहरूलाई २५ प्रतिशत र शारीरिक रूपमा फरक क्षमता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था कम्पनीले गर्दै आएको छ।

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यु टावर, चिल्ड्रेन पार्क, सेमिनार हल र रिर्सोटलगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij