२०८३ साउन ८ शुक्रबार

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमनबाट २७ करोडभन्दा बढी राजस्व संकलन

ई आर्थिक    आइतबार, साउन ३ २०८३
551
Shares
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमनबाट २७ करोडभन्दा बढी राजस्व संकलन

चितवन।  अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटक आगमन बढेको पाइएको छ।

गत आर्थिक वर्षमा दुई लाख ७२ हजार ९२३ पर्यटक उक्त क्षेत्रमा आएकामा अघिल्लो आवमा दुई लाख ३१ हजार ३२९ पर्यटकले भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बताए।

सार्क मुलुकका २२ हजार ८८३ तथा अन्य मुलुकका ८८ हजार ६६५ पर्यटकले निकुञ्जको भ्रमण गरेका हुन्।

एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती तथा विभिन्न प्रजातिका चराचुरुंगी अवलोकनका लागि पर्यटक निकुञ्ज पुग्ने गरेका छन्।

गत आर्थिक वर्षमा निकुञ्जले पर्यापर्यटनबाट २७ करोड ६३ लाख ३९ हजार ९५० रूपैयाँ राजस्व संकलन गरेको जनाएको छ। काठदाउरा, गैरकाष्ठ वन पैदावार बिक्री, जरिवानालगायत शीर्षकमा ३१ करोड एक लाख ६४ हजार ५५१ रूपैयाँ राजस्व संकलन भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij