ई–आर्थिक, काठमाडौं । डीआईजी ठाकुर ज्ञवाली नेपाली प्रहरीका महानिरिक्षक (आईजीपी) बनेका छन् । ज्ञवालीलाई आईजीपी बनाउन गृह मन्त्रालयले गरेको प्रस्ताव मन्त्री परिषद्मा पेश गरेका थिए ।
बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उनलाई महानिरिक्षक बनाउने निर्णय गरेको हो ।
प्रहरी नियमावलीको परिच्छेद ४ को बढुवा सम्बन्धी व्यवस्थाको दफा ४१ अनुसार ज्ञवालीको बढुवा गरिएको हो ।
प्रहरी नायब महानिरीक्षक मध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता लगायतका आधारमा उनी बढुवा भएका समाचार स्रोतले जानकारी दिएको छ ।
उनी यस अघि प्रहरी नायब महानिरीक्षकका रुपमा प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत् थिए । ३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालीले ५ महिनाका लागि मात्रै प्रहरी संगठनको नेतृत्व गर्नेछन् ।
उनीसँगै तारिणीप्रसाद लम्साल पनि प्रहरीको नेतृत्व गर्ने दौडमा थिए ।