ई–आर्थिक, सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बाह्रबिसे नताबग्रस्त बनेको छ । सडकपेटी अतिक्रमण गरी बनाइएका घरटहरा भत्काउने अभियानको समर्थन र विरोधमा प्रदर्शन हुन थालेपछि सो क्षेत्र तनाबग्रस्त बनेको हो ।
दोहोरो झडप हुने संभावना बढ्दै गएपछि स्थानीय प्रशासनले बाह्रबिसेमा नगरपालिकामा निशेषआज्ञा जारी गरेको छ। आइतबार बिहान आठ बजेदेखि लागू भएको निशेषआज्ञा जारी गरिएको स्थानीय प्रशासनले जानकारी दिएको छ । अर्को आदेश जारी नभएसम्मका लागि सो निशेषआज्ञा जारी रहने प्रशासनले जनाएको छ । समर्थन र विरोधी प्रदर्शनले शान्ति भंग हुनसक्ने स्थानीय प्रशासनको अनुमान रहेको छ ।
नगरपालिकाले शुक्रबारदेखि सडकपेटी अतिक्रमण गरी बनाइएका घरटहरा भत्काउन थालेको थियो । घर टहरा भत्काउन थालेसँगै त्यसको विरोध गर्दै केही स्थानीय निरन्तर विरोधमा उत्रिरहेको छन् । अभियानको विरोध गर्दा शुक्रबार खुर्सानीबारीमा झडप समेत भएको थियो । शनिबार भने स्थानीयले नगरपालिकाको कार्यालयमा तालाबन्दी समेत गरेको थिए ।
झडपको भिडियो
https://www.facebook.com/rajkumar.shakya.12/videos/2582650435146803/