२०८३ साउन १० आइतबार

नेकपा प्रदेश ३ को संसदीय दलको औपचारिक निर्णय: राजधानी हेटौंडा, नाम बागमती

ई आर्थिक    शुक्रबार, पौस २५ २०७६
31.8K
Shares
नेकपा प्रदेश ३ को संसदीय दलको औपचारिक निर्णय: राजधानी हेटौंडा, नाम बागमती

ई–आर्थिक, हेटौँडा । प्रदेश ३ को स्थायी राजधानी र नामको बारेमा छलफल गर्न बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश संसदीय दलको वैठकले प्रदेशको स्थायी राजधानी हेटौँडा र नाम बागमती राख्ने निर्णय गरेको छ ।

एक सातादेखि जारी नेकपा संसदीय दलको मुख्यमन्त्री निवासमा शुक्रवार बसेको संसदीय दलको बैठकमा दलका नेता समेत रहेका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय पारित भएको घोषणा गरेका हुन् । मुख्यमन्त्री पौडेलले यही पुस २७ गते आइतबार स्थान र नामका बारेमा प्रस्ताव जाने र प्रदेश सभाले निर्णय गर्ने बताए ।

नेकपाको निर्णयसँगै आइतबारबाट प्रदेश ३ ले औपचारिक रुपमा स्थायी राजधानी हेटौँडा र प्रदेशको नाम बागमती पाउने भएको छ ।

वैठकपछि नेकपाका प्रदेश इज्चार्ज एवं प्रदेश सभाका सदस्य अष्टलक्ष्मी शाक्यले प्रदेशको स्थायी राजधानी हेटौँडा र नाम बागमती राख्ने गरी सहमति भएको सुनाए । सचिवालयले गरेको निर्णयपछि आएका विमतीमा आवाजले पार्टीलाई पनि पाठ सिकाएको बताउँदै उनले पार्टीको निर्णय मान्नुको विकल्प नरहेको उल्लेख गरे ।

पार्टीका केन्द्रीय नेताहरुले प्रदेशको स्थायी राजधानी हेटौँडा र प्रदेशको नाम बागमती हुनु पर्छ भन्दै दोश्रो पटक निर्देशन दिएपछि बिहीबारबाट पुनः वैठक वसेको हो । यसअघि नेकपाको सचिवालय वैठकले प्रदेशको राजधानी हेटौँडा र नाम वागमती प्रदेश राख्न नेकपा प्रदेश कमिटी र प्रदेश संसदीय दललाई निर्देशन दिएको थियो ।

नेपालको संविधानमा प्रदेश सभाको दुई तिहाइ बहुमतबाट प्रदेशको स्थायी राजधानी र नाम तोक्नुपर्ने व्यवस्था रहेको छ ।

११० प्रदेश सभा सदस्य रहेको प्रदेश ३ मा दुई तिहाइका लागि ७४ जना भए प्रदेश सभाको सदस्यले पक्षमा मतदान गरेमा प्रदेशको स्थायी राजधानी र नाम तोक्न सकिने छ । प्रदेश सभामा नेकपाको मात्र ८० प्रदेश सभाका सदस्य रहेका छन् । नेकपा संसदीय दलको निर्णयसँगै प्रदेश ३ को स्थायी राजधानी हेटौँडा र प्रदेशको नाम बागमती हुने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij