२०८३ साउन ९ शनिबार

इन्जिनियरको पढाई : पैसा कमाउन की देश विकास गर्न ?

ई आर्थिक    आइतबार, पौस २० २०७६
6.8K
Shares
इन्जिनियरको पढाई : पैसा कमाउन की देश विकास गर्न ?

करिब १९ लाख घुस रकम सहित तीन इन्जिनियर अख्तियारद्वारा पक्राउ

ई–आर्थिक, सिरहा : विद्यार्थीलाई इन्जिनियर किन पढ्ने भनेर सोध्यो भने देशको विकास गर्न भन्ने गर्छन । तर अहिले इन्जिनियरहरु भने धमाधम घुस काण्डमा पक्राउ परिरहेको छन् । प्राप्त जानकारी अनुसार अख्तियारले तीन इन्जिनियरलाई पक्राउ गरेकोे छ । नेपालको धेरै इन्जिनियरहरु पैसाकै लागि मरिहत्ते गर्न थालेका छन् । घुस काण्डमा उनीहरु अहिले धमाधम पक्राउ पर्न थालेका छन् । यसअघि पनि दर्जनौं इन्जिनियर घुस रकम सहित पक्राउ परिसकेका छन् ।

यसैक्रममा सडक डिभिजन कार्यालय सिरहाका निमित्त प्रमुख विनोद साहसहित तीन इन्जिनियर पक्राउ परेका हुन । उनीहरुलाई अख्तियारको टोलिले निवासमा १८ लाख ९६ हजार रुपैयाँ घूस रकमसहित पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले लहानबाट उनीहरूलाई घूस रकमसहित पक्राउ गरेको जनाएको छ ।

निमित्त डिभिजन प्रमुख साहको आवासबाट ३ लाख र सिरहा डिभिजनकै इन्जिनियर नवीनकुमार साह र सब–इन्जिनियर वीरेन्द्रकुमार साह कर्मचारी आवास गृहबाट १५ लाख ९६ हजार रुपैयाँ घूससहित पक्राउ परेको आयोगले जानकारी दिएको छ ।

दुवै टोलीले रुपनी–राजविराज–कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी दिने क्रममा ठेकेदारलाई बाध्य पारी घूस लिएका सूचनाका आधारमा पक्राउ गरिएको हो ।

ती तीनै इन्जिनियरलाई हिरासतमा लिएर भ्रष्टाचार मुद्दा दायर गर्नका लागि आवश्यक अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij