प्रधानमन्त्री ओली गुटगत मानसिकताबाट माथि नउठ्दा राम्रो काम गरेको दुई मन्त्री समेत बाहिरिनु परेको आरोप लागेको छ ।
रोशन राउत, काठमाडौं । करिब एक महिनाअघिदेखि मन्त्रीपरिषद पुनगर्ठनको भित्री तयारी हिजो बुधबार राती अबेर सकियो भने आज सपथ ग्रहणपछि त्यसले बैधानिकता प्राप्त ग¥यो । नवनियुक्त मन्त्रीहरु आफन्त, शुभचिन्तक तथा नेता कार्यकर्ताहरुको बधाई लिदै उत्साहपूर्बक कार्यसम्पादनमा जुटिसकेका छन् भने बहिर्गमनमा पर्नेहरु आ–आफ्नो निबासतिर लागिसकेका छन् । नबनियुक्त मन्त्रीहरुमा घनश्याम भुषाल, लेखराज भट्ट र पार्बत गुरुङसँग जनताको बढी आशा देखियो भने बहिर्गमनमा पर्ने लालबाबु पण्डित र गोकर्ण बिष्टप्रति ठूलो सहानुभूति देखियो ।
नेकपामा एक से एक योग्य नेताहरु भएको र सबैलाई अबसर दिन मन्त्रीपरिषद पुनर्गठन गर्दा कोही बाहिरिने कोही भित्रिने हुन्छन् । यो पनि संबैधानिक ब्यबस्था हो कि मन्त्री कसलाई राख्ने, कसलाई हटाउने प्रधानमन्त्रीसँग निहित अधिकारको कुरा हो । संबैधानिक अधिकार प्रयोग गरेर अबसर दिदा न्यायसंगत हुने नहुने बेग्लै कुरा हो । त्यसमाथि पनि प्रधानमन्त्रीले बिश्वास र भरोसा गरेकालाई नै आफ्नो टिममा समाबेश गर्ने हो । अहिले मन्त्री हटाउँदा र नयाँ थप्दा प्रधानमन्त्री ओलीले कार्यसम्पादन क्षमता, योग्यता, न्यायपूर्ण, बिश्वास र भरोसा जस्ता कुरालाई आधार बनाउनुभयो त ? नेकपाभित्र यही चर्चा चुलिएको छ । यस्तो देखिदैन ।

गुटगत मानसिकता
प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद पुनर्गठन राजनीतिक दाउपेच र गुटगत मानसिकताले गरेको देखिन्छ । गुटगत फाइदा–बेफाइदालाई मूल आधार बनाएर मन्त्री हेरफेर गरिएको प्रष्टै छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा आफू निकट थममायालाई हटाएर गुटप्रति बलियो ताबेदारी गर्ने पार्बत गुरुङलाई ल्याइएको छ । भौतिक पूर्बाधार तथा यातायात ब्यबस्था मन्त्रालयमा ओली गुटकै हस्तीका रुपमा चिनिने बसन्त नेम्वाङलाई ल्याइएको छ । कृषि मन्त्रालयमा ओलीले घनश्याम भुषाललाई ल्याएका छन् । भुषाललाई ओलीले पछिल्लो समयमा आफ्नो कित्तामा ल्याउन प्रयत्न गर्दै थिए । त्यस्तै सामान्य प्रशासनमा ओलीप्रति नै भक्तिभाब गर्ने हृदेश त्रिपाठीलाई ल्याइएको छ । बाँकी दुई क्याबिनेट मन्त्रीमा पनि ओलीले जिल्ला तहमा आफ्नो र प्रचण्ड गुटलाई बलियोसँग संरक्षण गर्दै आएका नेतालाई ल्याइएको छ । उनीसँग फरक बिमति राख्ने बरिष्ठ नेता माधब नेपाल निकटलाई मन्त्री बनाउनु त परै जाओस, भएकालाई पनि हटाइएको छ ।
कुटिल अन्तर्य
यो मन्त्रीपरिषद पुनर्गठनमा प्रधानमन्त्रीको कुटिल अन्तर्यलाई सतहमा ल्याइ दिएको छ । यसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा माधब नेपाल समूहलाई छिन्नभिन्न बनाउने उद्देश्य देखिन्छ । पार्टीभित्र सरकार र प्रधानमन्त्रीको आलोचक नेपाललाई कमजोर बनाउने यसभित्रको मूल रणनीति देखिन्छ । अहिले नेपाल निकट एक जना पनि मन्त्रीमा लगिएन मात्र होइन, सरकारमा निकै राम्रो कार्यसम्पादन क्षमता देखाएर जतनाको नजरमा पनि वाहवाही बनेका लालबाबु पण्डित र गोकर्ण बिष्ट दुबैलाई हटाइएको छ । जब कि लालबाबु हुन्थेन भने लोकसेवाको बिबाद न टुँगो लाग्थ्यो न, कर्मचारी समायोजन टुंगिन्थ्यो । कुनै क्षेत्री वा ब्राम्हण जातिको ब्यक्तिले लालबाबुको स्थानमा रहेर अडान लिएको भए मुलुकको सामाजिक सद्भाब बाँकी रहने थिएन । मुलुक अर्कै नराम्रोसँग द्वन्द्वमा फस्ने संभावना थियो । लालबाबुको सामाजिक प्रतिष्ठा उचो नभएको भए कर्मचारी समायोजन लथालिङ्ग हुने थियो ।

त्यस्तै गोकर्ण बिष्टको कारण सामाजिक सुरक्षा र रोजगारका कार्यक्रमले ओली सरकारको शीर ठडिएको थियो । तर तिनै मन्त्रीलाई हटाएर उनले माधब नेपालको सिधै हुर्मत लिएका छन् । प्रधानमन्त्री ओलीले नेपालसँग निकट सबैको हालत यस्तै हुने संदेश पनि दिएका छन् । उता घनश्याम भुषाललाई मन्त्रीमा समाबेश गरेर एकतिरले दुई चराको शिकार गरेका छन् ओलीले । यसअघि नेपाल निकट भनेर चिनिएका योगेश भट्टराईलाई पर्यटन मन्त्री दिएका ओलीले अहिले भुषाललाई कृषि मन्त्री बनाएर माधब नेपालसँगको सम्बन्ध बिच्छेद गराउन खोजेका छन् । माधब गुटका मेरुदण्डको रुपमा रहेका योगेश र घनश्यामलाई माधबबाट बिच्छेद गराउँदा त्यो गुट निकै प्रभाबहीन हुने ओलीको बुझाइ सही नै छ । अर्कोतिर अधिकार आफूमा केन्द्रित गरेका ओलीले योगेश र घनश्यामलाई मन्त्री बनाएर दाह्रा नङ्ग्रा नभएको बाघ जस्तै बनाउँदै छन् । यसले यि दुबैजना असफल भइ जनबिश्वास गुमाउन भन्ने ओलीको चाहना देखिन्छ ।
सचिब, सहसचिबको सरुवा बढुवाको अधिकारसमेत आफ्नो हातमा लिएका प्रम ओलीले राजनीतिक नियुक्तिको सुइको समेत मन्त्रीले नपाउने अबस्थाको सिर्जना गरिदिएका छन् । सचिब र महाशाखा प्रमुखले समेत प्रधानमन्त्रीमा ब्रिफिङ गर्ने परिपाटी बसालेको हुदा योगेश, घनश्यामहरुले जनविश्वास अनुसार काम गरेर सफल हुने अबस्थै छैन । उता सुदुरपश्चिमा नेपाल निकट भीम रावलसँग ब्यक्तित्वको प्रतिस्र्धा गर्दै गरेका लेखराज भटलाई मन्त्री बनाएर रावलको बलियो प्रतिश्पर्धी बनाइदिएका छन् । रावल कमजोर भए नेपाल गुट लगभग सकिने ओलीको बिश्वास देखिन्छ ।