ई–आर्थिक, काठमाडौँ । आज बुधबार मन्त्रीपरिषद्को पुनर्गठन हुने चर्चासँगै बाहिरिने र थपिने मन्त्रीहरुको बारेमा जनचासो चुलियो । दबाब छेक्न आफ्नै कोर समूहलाई पनि निकै गोप्य राखिएको ‘आउट’ र ‘ईन’ हुनेको नामावलीको बारेमा अनेकन अडकलबाजीका समाचार छाए । को–को बाहिरिने भन्ने अन्योल नै रहे पनि उद्योगमन्त्री मात्रिका यादब र महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाको बहिर्गमन निस्चित भएको समाचार दिनभर छाइरहे । बाहिरिनेमा पहिलो नम्बरमा उद्योगमन्त्री यादब नै चर्चाको शिखरमा छन् । आखिर किन त, उनी बहिर्गमनमो ‘हिट लिष्ट’मा परे त ? यतातिर अहिले ध्यान खिचिएको छ ।
२०७४ साल फागुन १४ गतेदेखि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको रुपमा सपथ लिएका मात्रृका यादवको कार्यकाल अहिले २१ महिना चल्दै छ । बहिर्गमन हुनेमा पहिलो नम्बर परेका उनी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको गुटसँगको अन्तर संघर्षका कारण ओलीको तारो बन्न पुगेका हुन । यद्यपि प्रधानमन्त्री ओलीले उनलाई बहिर्गमन गर्न प्रचण्डसँग कमजोर कार्यसम्पादनको आरोप लगाएका छन् । यसको अन्तर्य भने प्रदेश २ मा उनी र माधब नेपाल गुटको एकता हुनु नै हो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ मा जिल्ला कमिटीको चयनमा एकलौटी गरेको भन्दै विवाद चुलियो । नेकपा प्रदेश कमिटी इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेलले प्रदेशका ६ जिल्ला कमिटी चयनमा एकलौटी गरेको भन्दै भएको बिबादले केपी ओली प्रचण्ड र माधब नेपालको नाम जोडियो ।
मण्डल र प्याकुरेल प्रधानमन्त्री तथा अध्यक्ष ओलीका भित्रिया हुन भने साह प्रचण्डका अत्यन्त निकट नेताभित्र पर्छन । ओली र दाहालनिकट माथि उल्लेखित नेताहरुले प्रदेश २ मा माधब नेपाल र उद्योगमन्त्री मात्रृका निकट जिल्लाका नेतालाई छानी छानी पाखा लगाएपछि यो बिबाद केन्द्रसम्म पुग्यो । जसमा माधब नेपाल दहे अडान लिन नसक्ने र आफ्ना मान्छेको संरक्षण गर्न नसक्ने भएकैले उनको प्रदेश २ को टिम पत्तासाफ मात्र भएन उनीसँग जोडिएर उद्योगमन्त्री मात्रृका यादबको टिम पनि धुलिसात भयो ।
साह र याबद बिगत लामो समयदेखिका तराईका प्रतिश्पर्धी हस्ती हुन । त्यसैले यादबका मान्छेलाई जिम्मेवारीबिहीन बनाउन उनी कुनै संकोच मान्दैनन् । साहले याबदका मान्छे तह लगाए जस्तै मण्डल र प्याकुरेलले नेपालका मान्छे तह लगाए । तराईमा यस्तो गुट निर्माण भएपछि मात्रृका निकट र नेपाल निकट एक ठाउँमा आएर साह, मण्डल र प्याकुरेल गुटबिरुद्ध मोर्चाबन्दी गरे । यसपछि मात्रुका माधब नेपालसँग जोडिएर आफ्ना मान्छेलाई जिम्मेवारी दिन अन्तरसंघर्षमा होमिए । यो नै अहिले मात्रृकाका लागि अभिसाप बन्यो । प्रधानमन्त्री ओलीले मात्रृकाको यस गतिबिधिलाई राम्रोसँग नियालिरहेका थिए । माधब नेपालसँग मिलेर आफ्नो टिमबिरुद्ध लागेका यादबलाई राम्रो सबक सिकाउने पक्षमा थिए, ओली । यहीबेला मन्त्रीपरिषदको पुनगर्ठन भयो र बहिर्गमन पर्नेमा पहिलो नम्बर परे यादब ।
Chat Conversation End