२०८३ साउन १० आइतबार

सेटिङमा संलग्न अध्यागमनका १३ कर्मचारीविरुद्ध अख्तियारको फन्दामा

ई आर्थिक    बुधबार, कार्तिक ६ २०७६
6.4K
Shares
सेटिङमा संलग्न अध्यागमनका १३ कर्मचारीविरुद्ध अख्तियारको फन्दामा

काठमाडौं : सेटिङ गरी विदेश पठाउने अध्यागमन विभागका कर्मचारी अख्तियारको फन्दामा परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीसहित १३ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत पराजुलीसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएको अन्यमा अध्यागमन अधिकृत मनहरी बराल, दिनेश केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरेल, जगदिशचन्द्र नेपाली, विजय सापकोटा, शैलेन्द्र ढकाल, बिरसिङ्ग भण्डारी, पदमप्रसाद बजगाईं, कम्प्युटर अपरेटर रोशन गौतम र भोज प्रकाश न्यौपानेप्रतिवादी बनाइएको छ।

सेटिङबाट उनीहरुले २४८ जनालाईलाई प्रस्थान अनुमति दिने क्रममा मिलेमतो गरेको आरोप अख्तियारले लगाएको छ । ठूला घोटाला काण्डमा सेलाए पनि पछिल्लो समयमा साना घटनामा अख्तियार आक्रमक बन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij