२०८३ साउन ९ शनिबार

२० अंकले बढ्यो शेयर बजार

ई आर्थिक    मंगलबार, भाद्र १७ २०७६
3.7K
Shares
२० अंकले बढ्यो शेयर बजार

काठमाडौं । धितोपत्र बजारमा आइतबार र सोमबार दोहोरो अङ्कले घटेको नेप्से परिसूचक मंगलवार भने दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २०.५७ विन्दु अर्थात् १.७६ प्रतिशतले बढेर एक हजार १९०.९० विन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ३.९३ विन्दु अर्थात् १.५३ प्रतिशतले बढेर २६०.२३ विन्दुमा पुगेको छ । नेप्से बढेसँगै कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १७१ कम्पनीको २१ लाख ८४ हजार २७१ कित्ता शेयर रु ५१ करोड पाँच लाख ५२ हजार ४१ मा खरीद–बिक्री भए । बजार सुधार हुँदा १३७ कम्पनीको शेयर मूल्य उकालो लागेको छ भने १९ वटाको घटेको छ, अन्यको भने मूल्य स्थिर छ ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर बढेको छ । अन्य ०.०५ र सामूहिक लगानी कोष ०.०१ विन्दुले घटेको छ । यस्तै बैंकिङ १८.९८, होटल २३.६१, विकास बैंक २१.५९, जलविद्युत् २१.९३, वित्त ६.५७, निर्जीवन बीमा १२३.५३, उत्पादन ४७.९९, लघुवित्त ३३.४३ र जीवन बीमा १४५.५ विन्दुले बढेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा आज नेपाल बङ्गलादेश बैंकको संस्थापक शेयर सबैभन्दा बढी मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेको छ । सो बैंकको संस्थापक शेयर रु पाँच करोड ७२ लाख ३० हजारमा कारोवार भयो । यस्तै नेपाल बैंक लिमिटेड रु तीन करोड ३३ लाख ४९ हजार २९४, नेपाल लाइफ इन्सुरेन्स रु दुई करोड २१ लाख ५२ हजार ५४९, एनआइसिएशिया रु दुई करोड १९ लाख ७२ हजार ७६६, सानिमा बैंक रु एक करोड ७० लाख ६ हजार ९५३ र कृषि विकास बैंकको रु एक करोड ५३ लाख ४३ हजार ७५२ बराबरको कारोवार भएका छन् ।

स्टकका अनुसार आज युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९.४६ प्रतिशतले कमाए । यस्तै सूर्य लाइफ इन्सुरेन्स ८.३९, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ८.०४, एशियन लाइफ इन्सुरेन्स ७.७७, आँधीखोला लघुवित्त वित्तीय संस्था ७.६० र लुम्बिनी जनरल इन्सुरेन्सका शेयरधनीले ६.७६ प्रतिशतले कमाएका छन् ।

सिटी एक्सप्रेस फाइनान्स कम्पनीका शेयरधनीले ४.८५, रिडी हाइड्रोपावर ३.५७, घलेम्दी हाइड्रो २.७३, ग्रिन डेभलपमेन्ट बैंक २.७२ र ग्लोबल आइएमई समुन्नत स्किम एकका लगानीकर्ताले २.०१ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij