ई–आर्थिक, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरण अर्को नयाँ चरणमा प्रवेश गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा दर्ता गराए पछि यो घटना अर्को नयाँ चरणमा प्रवेश गरेको हो ।
कार्यालयले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित कार्यक्रम उत्पादक युवराज कँडेल र नर्स अस्मिता कार्कीविरूद्ध उक्त मुद्दा दर्ता गराएको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान सकेर आज (आइतबार) नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । यो सँगै उनीहरु विरुद्ध सरकारी वकिलको कार्यालयले उक्त विषयमा मुद्दा दर्ता गराएको थियो ।
अदालतले मुद्दा दर्तासँगै बयान लिने क्रम सुरु भएको बतायो ।
अदालतमा अब सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस हुने अदालत स्रोतले जानकारी दिएको छ । बहस पछि अदालतले साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउने मध्ये कुनै एक आदेश दिने छ ।
यसका लागि बहस पछिको अदालतको निर्णय भने कुनै पर्ने भएको छ ।