ई–आर्थिक, काठमाडौं : लामो समयदेखि चलेको सुन तस्करी श्रृंखला अहिलेसम्म जारी रहेको छ । यसैक्रममा चार किलो सुनसहित एक चिनिया नागरिक पक्राउ परेका छन् । २३ वर्षीय चिनियाँ नागरिक ली निङसिङलाइ हङकङबाट ड्रागन एयरको जहाजमा आएका थिए ।
विमानस्थल भन्सार कार्यालयले सुनसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
लीले कम्मरमा लगाउने कपडाको पेटीभित्र सुन हालेर लगेजमा ल्याएका थिए । लीबाट बरामद भएको सुनको बजार मूल्य २ करोड २७ लाख रुपैयाँ हुने बुझिएको छ ।