ई–आर्थिक, काठमाडौं । गोरखामा १६ किलो सुन भेटिएको छ । लुकाइरहेको अवस्थाको भेटिएको सुनसँगै एक व्यक्ति पक्राउ परेका छन् ।
गोरखाको धार्चे गाउँपालिकाको खोर्लाबेसीस्थित ओढारमा लुकाइराखेको अवस्थामा प्रहरीले सुनसहित एकजनालाई पक्राउ गरिएको हो ।
घटनास्थल नजिकैको माछाखोला प्रहरी चौकीले १२ ढिक्का सुन बरामद भएको जानकारी दिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी अधिकारीले १६ ढिक्का नै भेटिएको पुष्टि गरेका हुन् ।
प्रहरीका अनुसार उक्त सुन ब्यापारी धनकमल गुरुङले लुकाएर राखेको हुनसक्ने अनुमान गरेको छ । पक्राउ परेकाबाट अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।