२०८३ साउन ९ शनिबार

सर्लाहीको लालबन्दीमा गोली चल्यो, अज्ञात व्यक्तिको गोली प्रहारबाट एक श्रमिक

ई आर्थिक    शनिबार, असार १४ २०७६
6K
Shares
सर्लाहीको लालबन्दीमा गोली चल्यो, अज्ञात व्यक्तिको गोली प्रहारबाट एक श्रमिक

ई–आर्थिक, सर्लाही । सर्लाहीको लालबन्दीमा चलेको गोलीले एक श्रमिक घाइते भएका छन् । उक्त गोली अज्ञात मान्छेले चलाएको बुझिएको छ ।

शनिबार दिउँसो साढे १२ बजे वडा नं. १ नवलपुरमा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा सोहि वडा बस्ने ३० वर्षिय जयनाथ महतो घाईते भएका छन । गोली लाग्दा महतो सोही वडामा मन्दिर निर्माणको काम गरिरहेका थिए । नम्बर नखुलेको मोटरसाइकलमा दुई जना सवार व्यक्तिले गोली चलाएका थिए । गोलीले महतोको दाहिने हातको पाखुरामा लागेको थियो ।

महतोलाई नवलपुर रहेको अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि वीरगञ्जतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । अज्ञात ति दुई व्यक्ति गोली हानी जङ्गलको बाटो भएर भागेको थिए । अभियुक्तहरुलाई खोजी कार्य भइरहेको सर्लाही प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij