२०८३ साउन ९ शनिबार

आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिन्छ अर्थमन्त्रीको दाबी

ई आर्थिक    आइतबार, असार ८ २०७६
6.3K
Shares
आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिन्छ अर्थमन्त्रीको दाबी
ई–आर्थिक, काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘सरकारी, निजी र सहकारीलगायत सबै मिलेर काम गर्ने हो भने आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न ठूलो कुरा छैन ।’

अर्थमन्त्री डा खतिवडाले बजेट विनियोजनमा तराई–मधेशलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै भौतिक पूर्वाधारमा मात्र रु एक अर्वमाथि बजेट विनियोजन गरिएको बताए।

दक्षिण एशियामा सबैभन्दा बढी वैदेशिक ऋण लिने नेपाल रहेको जानकारी दिँदै उनले भने, ‘दिगो विकास लक्ष्य हासिल गर्न बजेटको आकार बढाउनुपर्छ ।’

अर्थमन्त्री डा खतिवडाले भूकम्पको पुनःनिर्माण सकुञ्जेल वैदेशिक ऋण बढ्न सक्ने बताउँदै ऋणलाई राष्ट्रिय उत्पादकत्व र द्रुत विकासमा खर्च गरिने हो भने । अर्थमन्त्री डा खतिवडाको जवाफमाथि सांसद डिला सङ्ग्रौलाले बजेट वितरणमुखी र सस्तो लोकप्रियता हासिल गर्ने खालको रहेको आरोप लगाइन् ।

सांसद प्रेम सुवालले वैदेशिक ऋण लिएर किन कर्मचारीको तलब वृद्धि गरियो भन्ने प्रश्न गरे । अर्थमन्त्री डा खतिवडाले आर्थिक क्षमता बढाएर वितरण गर्दै जाने हो, जनताको जीवनस्तर माथि उकास्नु नै सरकारको लक्ष्य हो भने । उनले शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा क्षेत्रमा बजेटको बढी चाप रहेको बताउँदै विप्रेषणको रकम उपयोग भइराखेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij