२०८३ साउन ९ शनिबार

प्रधानमन्त्री ओली जेठ २५ गते युरोप भ्रमणमा जाने

ई आर्थिक    आइतबार, जेष्ठ १९ २०७६
7.2K
Shares
प्रधानमन्त्री ओली जेठ २५ गते युरोप भ्रमणमा जाने

ई–आर्थिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गते युरोप भ्रमणमा जाने भएका छन्।
९ दिने भ्रमणका लागि युरोप जान लागेको आइतबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी गराएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमण गर्नेछन्।

उनी २५ गते स्वीट्जरल्याण्डको जेनेभामा जानेछन् र २६ गते जेनेभास्थित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को शताब्दी समारोहलाई सम्बोधन गर्नेछन् ।

स्वीट्जरल्याण्ड भ्रमण सकेर प्रधानमन्त्री ओली बेलायत जाने कार्यक्रम छ। त्यहाँ उनले जेठ २७ गते अक्सफोर्ड युनिभर्सिटीमा लेक्चर दिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बेलायतको भ्रमण सकेर जेठ २९ गते फ्रान्स जाने कार्यक्रम रहेको छ। मन्त्रालयका अनुसार त्यहाँ नेपाल–फ्रान्स सहकार्यका विभिन्न परियोजनाबारे छलफल गर्ने कार्यतालिका रहेको छ।

दुई देशबीच कुटनीतिक सम्बन्धको ७० औं वर्ष पुगेको अवसरमा फ्रान्समा विभिन्न कार्यक्रम हुने र ती कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने कार्य तालिका छ। यी सबै कार्यक्रम सकेर उनी उनी असार १ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij