२०८३ साउन ९ शनिबार

तातोपानी नाका बारे दुतावासको ब्रिफिङ्ग : १५ जेठदेखि खुल्ने, सर्वसाधारणले तत्काल प्रवेश नपाउने

ई आर्थिक    बिहिबार, जेष्ठ ९ २०७६
4.4K
Shares
तातोपानी नाका बारे दुतावासको ब्रिफिङ्ग : १५ जेठदेखि खुल्ने, सर्वसाधारणले तत्काल प्रवेश नपाउने

ई–आर्थि, काठमाडौं । तातोपानी नाका बारे चिनीया दुतावासले व्रिफिङ्ग गरेको छ । नेपालस्थित चिनियाँ दूतावासले बिहीबार औपचारिक रुपमा मिडिया व्रिफिङ्गको क्रममा १५ जेठदेखि तातोपानी खुल्ने भए पनि सर्वसाधारणले भने तत्काल प्रवेश नपाउने भएका छन् ।

चार वर्षअघि भूकम्पले बन्द भएको चीनसँगको तातोपानी नाका भूकम्पले क्षति पु‍¥याएका संरचनाहरूको पुनर्निर्माण सकिएकाले आफूहरु तातोपानी नाका सञ्चालन गर्न तयारी अवस्थामा रहेको दूतावासले जानकारी दिएको छ ।

मिडिया ब्रिफिङको क्रममा राजदूत होउ यानछीले तातोपानी नाकाको पुनर्निर्माण सकिएको जानकारी दिंदै अर्को सातादेखि सञ्चालनमा आउँने बताईन । सुरूमा मालवाहक सवारीसाधन चल्नेछ भने आम नागरिकलाई पछि मात्रै प्रयोग गर्न दिइने उनले जानकारी दिइन ।

चीनतिरको बस्ती भूकम्पपछि निकै जोखिममा परेकाले सारिएको र अहिले पनि जोखिम कायमै रहेकाले आमनागरिकले तत्काल प्रयोग गर्न नपाउने उनले बताइन । उनले तातोपानी नाका पुनः सञ्चालन भएपछि नेपाल र चीनबीचको व्यापारमा वृद्धि हुने विश्वास लिइन ।

राजदूत यानछीले नेपाली पक्षले पनि आफ्नोतिर बाटोलगायत पूर्वाधारको राम्ररी मर्मतसम्भार गरेर नाका सञ्चालन गर्ने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij