२०८३ साउन ९ शनिबार

स्वास्थ्य र शिक्षामा मात्रै एनजिओको चार अर्व खर्च, कागजमा उपलब्धि, व्यवहारमा छैन प्रगति  

ई आर्थिक    सोमबार, फाल्गुन ६ २०७५
2.1K
Shares
स्वास्थ्य र शिक्षामा मात्रै एनजिओको चार अर्व खर्च, कागजमा उपलब्धि, व्यवहारमा छैन प्रगति  

प्रशान्त वली, काठमाडौं । नेपालका गैरसरकारी संस्था (एनजिओ) हरुले स्वास्थ्य र शिक्षा क्षेत्रमा मात्रै गत वर्ष चार अर्व रुपैंया वढि खर्च गरेका छन् । एनजिओले स्वास्थ्य र शिक्षामा त्यति ठूलो रकम खर्च गरेको भएपनि त्यसको उपलब्धि भने न्युन देखिएको छ ।

देशभर रहेका दुइ सय ९६ गैरसरकारी संघ संस्थाहरुले चार अर्व ३५ करोड ३९ लाख ९५ हजार तीन सय ६४ रुपैंया खर्चेकोे समाज कल्याण परिषद्को तथ्याकंले देखाउँछ । तर, त्यसको अनुगमन प्रभाबकारी हुन सकेको छैन ।

एनजिओले खर्च गरेको त्यति ठूलो रकम कहा र कसरी खर्च गरेको छ भन्नेमा सरकारी निकाय पनि वेखबर जस्तै छ । एनजिओले स्वास्थ्य र शिक्षामा अरर्वौ रुपैया खर्च गरेपनिm दुर्गम र विकट गाउका वासिन्दा र विपन्न बालवालिकाका का लागि एनजिओको रकम र कार्यक्रम ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तो हुने गरेको छ ।

रकम पारदर्शी समेत वन्न नसक्दा सुशासन माथिनै प्रश्न चिन्ह खडा भएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव वीर बहादुर राइले हाल सम्म एनजिओले गरेको कार्यक्रम र खर्चका बारेमा प्रभावकारी अनुगमन हुन नसकेको स्वीकारे । अव भने सबै एनजिओको बजेट र कार्यक्रमबा वारेमा प्रभावकारी अनुगमन गर्ने गरि नया योजना आवश्यक रहेको उनले बताए ।,

गैरसरकारी संस्थाहरुले करोडौ बजेट पारेपनि संस्थाहरुको उपलव्धी नदेखिएको सरोकारवालाहरु ले नै बताउने गरेका छन् । लक्षित वर्गमा पुग्ने गरी कागजी योजना कोरीएपनि प्रभाबित व्यक्ति कहाँ अधिकांश गैरसरकारी संस्थाहरुले छुट्याएको बजेट नपुगेको देखिएको छ ।

स्वास्थ्य शिर्षकमा एक सय एक संघसंस्थाहरुले एक अर्व २३ करोड ३९ लाख ४५ हजार सात सय तीस रुपैंया खर्च गरेको समाज कल्याण परिषद्ले जानकारी दिएको छ ।

यस्तै, शिक्षा शिर्षकमा मात्रै एक सय ७७ संस्थाहरुले दुइ अर्व ८५ करोड ७६ लाख ४२ हजार पाँच सय ६७ रुपैंया खर्च गरेको देखिएको छ ।

यसैगरी शिक्षा र स्वास्थ्य दुवैमा अठार वटा संस्थाहरुले २६ करोड २४ लाख सात हजार ६७ रुपैंया खर्च गरेका छन् । ती गैरसरकारी संस्थाहरुले ५० हजार रुपैंया देखि १० करोड रुपैंया सम्म बजेट पारेका छन् ।

कसले कति रकम खर्च गरे ?

शिक्षा क्षेत्रमा लायन्स क्लव अन्तराष्ट्र्रिय बहु जिल्ला ३२५, काठमाडौंले ३१ करोड ८७ लाख २५ हजार रुपैंया, बाल शिक्षा नेपाल काठमाडौंले चार करोड अठार लाख १९ हजार ३५, गुड ह्याण्डस नेपाल काठमाडौंले तीन करोड ६३ लाख २२ हजार नौ सय ३२ रुपैंया, टिच फर नेपालले सात करोड ८३ लाख ३५ हजार तीन सय ४० रुपैंया खर्चिएको छ ।

स्वास्थ्य क्षेत्रमा नेपाल परिवार नियोजन संघ ललीतपुरले १६ करोड ८० लाख तीन सय, एशोसीयसन अफ मेडिकल डक्टर्स फर एशिया नेपाल काठमाडौंले चार करोड ५३ लाख ७३ हजार ६ सय ८९ रुपैंया, मानव विकास तथा सामुदायिक सेवा ललीतपुरले १० करोड ५८ लाख ८१ हजार सात सय ८६ रुपैंया खर्च गरेको छ ।

यस्तै, शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा सहयोगी हातहरुको समुह (सहास) नेपाल ललीतपुरले ६ करोड १५ लाख २५ हजार, नेपाल लोरेटो शिक्षा सदनले २० लाख २४ हजार पाँच सय ८० रुपैंया खर्च गरेको छ ।

गैरसरकारी संस्थाहरुले स्वास्थ्य क्षेत्रमा गरेका काम बारे अनुगमन गरीने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । कतिपय गैरसरकारी संस्थाहरुले प्रभाबकारी काम गर्न नसकेको स्विकार्दैै प्रवक्ता श्रेष्ठले भने, ‘थोरै गैरसरकारी संस्थाहरुले केहि राम्रो काम पनि गरेका छन् । तर अधिकांशको काम भने सन्तोषजनक छैन् । ’यस बारे गम्भीर अनुगमन आवश्यक छ ’श्रेष्ठले भने ।

राजधानीबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij