२०८३ साउन ९ शनिबार

७७ वटै जिल्लाबाट छानिए सय नयाँ गन्तव्य

ई आर्थिक    आइतबार, कार्तिक १८ २०७५
4.2K
Shares
७७ वटै जिल्लाबाट छानिए सय नयाँ गन्तव्य

अच्युत पुरी, काठमाडौं : सरकारले देशभर ७७ वटै जिल्लाबाट पर्यटकीय सम्भावना बोकेका १ सय नयाँ गन्तव्य छनोट गरी सार्वजनिक गरेको छ । नयाँ गन्तव्यको खोजी र प्रवद्र्धन गर्न नसकेको आरोप लाग्दै आएको सरकारले यसपटक भने बजेटमै गन्तव्य खोजी गर्ने कार्यक्रम समेटेको थियो ।

सोहीअनुसार सम्भाव्य गन्तीय स्थलका लागि मापदण्ड बनाएर प्रस्ताव आह्वान गरिएको थियो । प्राप्त आह्वानलाई कार्यदलले अन्तिम रूप दिएसँगै मन्त्रीस्तरीय निर्णयबाट १ सय गन्तव्य सार्वजनिक गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लिखित कार्यक्रमको कार्यान्वयन कार्ययोजनाअनुसार सम्भावित गन्तव्य छनोट गर्न कार्यदल बनाउने, सोही कार्यदलले मापदण्ड बनाउने र सार्वजनिक सूचना निकालेर देशभरबाट प्रस्ताव आह्वान गर्ने जिम्मा नेपाल पर्यटन बोर्डलाई दिइएको थियो ।

मंसिरबाट कार्यान्वयन
मन्त्रालयले बनाएको कार्ययोजनाअनुसार १ सय गन्तव्य छनोट, लगानी जुटाउने र कार्यान्वयनको जिम्मेवारी बाँडफाँडको काम मंसिर २०७५ सम्म पूरा भइसक्नेछ । त्यसपछि छनोट भएका गन्तव्यमा आवश्यक पूर्वाधार निर्माण, प्रवद्र्धन तथा अन्य विकासको काम सुरु हुनेछ । मन्त्रालयले नयाँ विकास गर्नुपर्ने गन्तव्यसँगै यसअघि नै स्थापित भए पनि प्रवद्र्धन तथा प्रचार–प्रसार हुन नसकेका गन्तव्यको समेत छुट्टै सूची सार्वजनिक गरेको छ । यसपटक सातवटै प्रदेशबाट नयाँ गन्तव्य समेटिएका छन् । ७५ वटै जिल्लामा कम्तीमा एउटा गन्तव्य समेट्ने गरी १ सय गन्तव्यको सूची छानिएको मन्त्रालयले जानकारी दिएको छ । सन् २०२० सम्म वार्षिक २० लाख पर्यटक भिœयाउने लक्ष्यसहित भिजिट नेपाल २०२० मनाउने घोषणा गरेको सरकारले नयाँ गन्तव्य प्रवद्र्धन गरी पर्यटनमा बहुआयामिक विकासको लक्ष्य लिएको छ ।

बजेट ५० करोड
यस कार्यक्रमका लागि चालू आवमा मन्त्रालयले ५० करोड रुपैयाँ बजेट छुट्याइएको छ । सरकारले ५० करोड रुपैयाँ छुट्याएको यस कार्यक्रममा स्थानीय, प्रदेश सरकार र निजी क्षेत्रको लगानीसमेत आकर्षित गरिने मन्त्रालयले जानकारी दिएको छ ।

जुम्लामा डुडुल चैत्यको उद्घाटन

सरकारले १ सय गन्तव्य भित्र समेटेको जुम्ला सदरमुकाम खलंगास्थित डुडुल चैत्य (बोधी चैत्य)को गत बुधबार भव्य उद्घाटन गरियो । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित जनप्रतिनिधि तथा स्थानीय र प्रदेश सरकारका प्रतिनिधिको उपस्थितिमा चैत्य उद्घाटन गरिएको हो । करिब ८ करोड रुपैयाँ लगानीमा निर्माण भएको यो चैत्यमा नेपाल सरकार, नेपाल पर्यटन बोर्डसहित स्थानीयले समेत आर्थिक तथा भौतिक सहयोग गरेका छन् । समग्र कर्णाली प्रदेशको पर्यटन विकासमा चैत्य कोशेढुंगा सावित हुने विश्वास पर्यटनमन्त्री अधिकारीको थियो । ‘अबको १० वर्षभित्र कर्णाली सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्य बन्नेछ,’ उनले भने, ‘यस क्षेत्रको विकासमा सरकारले ठूलो महत्व दिएको छ ।’

यी मापदण्ड पुगेका गन्तव्य छानिए

  • विभिन्न प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, साहसिक, धार्मिक र सांस्कृतिक महत्वका गन्तव्य
  • १ सय वर्ष पुराना पुरातात्विक महत्वका सम्पदा
  • पूर्वाधारको अवस्था (सडकको पहुँच, खाना र आवासको व्यवस्था, शौचालय उपलब्ध रहे÷नरहेको)
  • प्रस्तावित गन्तव्यनजिक रहेका अन्य आकर्षक गन्तव्यको उपलब्धता (वरपर रहेका गन्तव्यसमेत
  • समेटेर सर्किटका रूपमा विकास गर्न सकिने सम्भाव्यता)
  • प्रस्तावित गन्तव्य निजी रहेका आकर्षणका कारण करिब ५ घन्टासम्म समय व्यतीत गर्न सक्ने अवस्था
  • विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेका गन्तव्य
  • प्रस्तावित गन्तव्यको लोकप्रियता
  • प्रदेश एवं स्थानीय तहको प्राथमिकता
  • सुरक्षा प्रबन्धनयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij