२०८३ साउन ९ शनिबार

एन आई सी एशिया बैंकको नयाँ शाखा संखुवासभाको मानेञ्ज्याङ्गमा

ई आर्थिक    शुक्रबार, कार्तिक ९ २०७५
2.9K
Shares
एन आई सी एशिया बैंकको नयाँ शाखा संखुवासभाको मानेञ्ज्याङ्गमा

काठमाडौं । एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय खाँदबारी नगरपालिका वडा नं. ३ स्थित मानेञ्ज्याङ्गमा खुलेको छ । उक्त शाखाको नेपाल राष्ट्र बंैकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले गर्नुभएको थियो ।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि लक्ष्मी प्रपन्न निरौलाले सम्पूर्ण स्थानिय निकायहरुमा वाणिज्य बैंकहरुको शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बंैकको अभियानमा स्थानिय निकायहरुमा शाखा कार्यालय खोल्ने कार्यमा अग्रणी भूमिका निर्वाह गरेकोमा एन आई सी एशिया बैंकको प्रशंसा गर्नुभयो । सोही समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले उपस्थित अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६४ शाखा कार्यालयहरु, २६० एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. १९९ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६७ अर्ब तथा कर्जा रू. १३८ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकले जानकारी दिएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij