२०८३ साउन ९ शनिबार

लुम्बिनी विकास बैंकको अध्यक्ष भट्टराईद्वारा शपथ ग्रहण

ई आर्थिक    सोमबार, असोज ८ २०७५
2.2K
Shares
लुम्बिनी विकास बैंकको अध्यक्ष भट्टराईद्वारा शपथ ग्रहण

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिले चिन्तामणि भट्टराईलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चुनेको छ । नवनियुक्त अध्यक्ष चिन्तामणि भट्टराईले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो ।

उक्त अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, लुम्बिनी विकास बैंक सञ्चालक प्रविणकृष्ण श्रेष्ठ, सञ्चालक प्रतापकुमार आचार्य, प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा, नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी तथा कम्पनी सचिव प्रजन प्रधानको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij