२०८३ साउन ९ शनिबार

एनएमबिका कर्मचारीलाई एनबिआईले तालिम दिने, ब्लुक्रस अस्पतालसँग विशेष सम्झौता

ई आर्थिक    सोमबार, असोज १ २०७५
1.8K
Shares
एनएमबिका कर्मचारीलाई एनबिआईले तालिम दिने, ब्लुक्रस अस्पतालसँग विशेष सम्झौता

काठमाडौं । एनएमबि बैंकका कर्मचारीलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड (एनबिआई) ले तालिम दिने भएको छ । तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धमा दुबै संस्थाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरे ।

यस सम्झौताअनुसार एनबिआईले एनएमबि बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार एनएमबि बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम रु ५० लाख बराबर रकमको वार्षिक तालिम सञ्चालन गराउने छ ।

ब्लुक्रस अस्पतालसँग विशेष सम्झौता


एनएमबि बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीका लागि ब्लु क्रस अस्पतालसँग विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने विशेष सम्झौता गरेको छ ।
सम्झौताअनुसार बैंकको भिसा डेबिट, डेबिट तथा प्लाटिनम कार्ड प्रयोग गरी अस्पतालको इन हाउ प्याथोलोजि, अल्ट्रासाउन्ड, सीटी स्क्यान, एक्स–रे, ईसीजी, भ्सीएचओ, इन्डोस्कोपि, कालोनोस्कोपि, मेडिकल दस्तुर, बेल शूल्क तथा डेन्टल प्रक्रियामा विषेश छुट प्रदान गर्ने व्यवस्था गरिएको छ ।

यस सम्झौतापत्रमा एनएमबि बैंकका तर्फबाट चिफ बिजनेस अफिसर सुदेश उपाध्याय र ब्लु क्रस अस्पतालका तर्फबाट मेम्बर सेक्रेटरी रजत श्रेष्ठले हस्ताक्षर गरे ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij