२०८३ साउन ९ शनिबार

जनता बैंकद्वारा विद्यालयलाई कम्प्युटर सहयोग, यसबर्ष २०० विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने  

ई आर्थिक    आइतबार, भाद्र २४ २०७५
2.4K
Shares
जनता बैंकद्वारा विद्यालयलाई कम्प्युटर सहयोग, यसबर्ष २०० विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने  

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड संस्थागत सामाजिक उत्तरदायित्वमा अग्रणी बैंक मानिन्छ । बैंकले धेरै सामाजिक कार्यमा सहयोग गर्दै आएको छ । यसैक्रममा काभ्रेको पनौतीमा रहेको फुलचोकी आधारभुत विद्यालयलाई दूई थान कम्प्युटर हस्तान्तरण गरेको छ ।
बैंकका संस्थागत मामिला प्रमुख छविलाल हुमागाईँले पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने मार्फत विद्यालयका प्रधानाध्यापक  केशव हुमागाईंलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

कम्प्युटर हस्तान्तरण कार्यक्रममा मेयर न्यौपानेले पनौती नगरपालिकाको विकट वडाहरुमा महिला स्वास्थ्यको अवस्थानाजुक रहेकोले ति वडाहरुमा जनता बैंक र नगरपालिकाको सहकार्यमा स्वास्थ्य सम्बन्धी कार्यक्रमको परियोजना संचालनको लागि अनुरोध गरे ।

जनता बैंकले सामाजिक उत्तरदायित्वमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएको छ । विशेष गरी ग्रामिण क्षेत्रका महिलाहरुको स्वास्थ्य परिक्षण र पाठेघर सम्बन्धि निःशुल्क अपरेशन तथा सामुदायिक विद्यालयको स्तरोन्नतीलाई मध्येनजर गरी विद्यार्थीहरुलाई छात्रवृत्ति र शिक्षण सामाग्री उपलब्ध गराई सहयोग गरिएको छ । यसबर्ष देशैभरीबाट सामुदायिक विद्यालयका २०० विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने र रोल्पा, हुम्लाजस्ता विकट जिल्लामा स्त्री रोग सम्बन्धी तथा आँखाको मोतिविन्दुको निःशुल्क अपरेशनको लागि स्वास्थ्य शिविर आयोजना गर्ने बैंकको योजना छ ।

बैंकले हाल देश भरीबाट १२२ शाखा, ४० शाखारहित बैंकिङ, २ सिमित्त बैंकिङ्ग एकाई र २ एक्स्टेन्सन काउन्टरबाट वित्तीय सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij