२०८३ साउन ९ शनिबार

मुक्तिनाथ विकास बैंक ठमेलमा पनि, उपत्यकामा धमाधम शाखा थप्दै बैंक

ई आर्थिक    आइतबार, भाद्र २४ २०७५
3.4K
Shares
मुक्तिनाथ विकास बैंक ठमेलमा पनि, उपत्यकामा धमाधम शाखा थप्दै बैंक

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो शाखा विस्तारलाई तीब्र पारेको छ । यसै क्रममा ठमेलमा नयाँ शाखा सञ्चालनमा ल्याई सेवा सुरू गरेको छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तमणी शिवाकोटीले उक्त शाखाको उद्घाटन गरेका हुन्।

शाखा उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकले लिएको समावेशी वित्तीय पहुँचको विस्तारलार्इ अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताएका थिए।

मुक्तिनाथ विकास बैंकको हाल काठमाडौं भित्र ठमेल सहित १३ वटा शाखा कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आएको छ । मुक्तिनाथ विकास बैंकको हालसम्म काठमाडौँ उपत्यकाभित्र जोरपाटी लगायतमहाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहील, माछापोखरी, कोटेश्वरमा शाखा कार्यालयहरु रहेका छन् ।

त्यसैगरी भक्तपुरको कमलविनायक गरी १२ शाखाहरु संचालनमा आई सकेका छन । त्यस्तै कुपण्डोल, इमाडोल, भैसेपाटी, ठिमी, ढुङ्गेअड्डा, बत्तीसपुतलीमा पनि आफ्नो शाखा स्थापना गरी सेवा प्रदानको तयारीमा बैंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij