२०८३ साउन ९ शनिबार

विप्लव समूहलाई ठूलो झड्का, पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ

ई आर्थिक    बुधबार, साउन २३ २०७५
10.1K
Shares
विप्लव समूहलाई ठूलो झड्का, पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लव नेतृत्वका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेका छन् ।
नेपाल प्रहरीको विशेष ब्यूरोेले काठमाडौंको नागढुंगाबाट उनलाई पक्राउ गरेको हो । पक्राउ परेको प्रकाण्डमाथि थप अनुसन्धान भइरहेको स्रोतको भनाई छ ।

उनी उपत्यका बाहिर आयोजना गरिएको बैठकमा सहभागी भएर राजधानीतर्फ आउँदै गर्दा नागढुंगाबाट समातिएका हुन् ।
पक्राउ परेका विश्वकर्मा पूर्वमन्त्री समेत हुन । उनी माओवादी नेतृत्वको सरकारमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रीसमेत बनेका थिए ।

काठमाडौं प्रहरी परिसर टेकूमा राखिएको उनलाई काठमाडौं प्रहरी परिसरमार्फत मुद्दा चलाइने प्रहरी स्रोतले जानकारी दिइएको छ ।
बिकका सहयोगी प्रेम दर्नालको फोन स्वीच्ड अफ रहेकाले उनी पनि पक्राउ परेको हुन सक्ने अनुमान पार्टीले गरेको छ ।

बुधबार बिहान कपनस्थित बिकको डेरामा प्रहरीले छापा समेत मारेको छ ।

उनी कालीकोटको मालकोटमा मध्यम वर्गीय दलित परिवारमा ०२५ सालमा जन्मेका हुन । बिक ०५२ सालदेखि माओवादीको पूर्णकालीन बनेर जनुयुद्धमा होमिएका नेता मध्येका एकमा पर्छन । माओवादी पार्टी विभाजनमा वैद्यसमूहमा लागेका उनी पछि विप्लवतिर लागेका थिए ।

जनयुद्धमा लागेका बेला खड्गबहादुर दुईजना भाइहरु सुरक्षा फौजबाट मारिएका थिए । जनयुद्धमा माइलो भाइ सिंहबहादुर बिक र साइलो अमरबहादुर बिक मारिएका थिए ।

उनलाई पक्राउ गरेसँगै पार्टीलाई ठूलो झड्का लागेको छ । उनीसँगै पार्टीका सयौं नेता कार्यकर्ता पक्राउमा परेर जेल जिवन विताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij