२०८३ साउन ९ शनिबार

ज्योति विकास बैंकको नयाँ शाखा चितवनको पर्सामा

ई आर्थिक    आइतबार, असार १७ २०७५
2.1K
Shares
ज्योति विकास बैंकको नयाँ शाखा चितवनको पर्सामा

काठमाडौं । ज्योति विकास बैंकले चितवनको पर्सामा नयाँ शाखा संचालनमा ल्याएको छ । खैरहनी नगरपालिका वडा नं ८ पर्सा बजारमा रहेको उक्त शाखा औपचारिक रुपमा प्रमुख अथिति खैरहनी नगरपालिकाका मेयर श्री लालमणी चौधरी तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काद्वारा एक कार्यक्रमका बिच संयुक्त रुपमा उद्घाटन गर्नुभयो । सो अवसरमा खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले आफ्नो नगरपालिकामा खुलेको यस विकास बैंकले सरल र सुलभ बैकिङ्ग सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताउनु हुँदै बैंकको प्रगतिको कमना गर्नुभयो ।

साथै बैंकका अध्यक्ष खड्काले ज्योति विकास बैंकले विपन्न परिवारका लागि लघु कर्जा सुरु गरेको र आफ्नो देशभरी रहेका शाखा कार्यालयहरु मार्पmत आधुनिक बैकिङ्ग सेवा प्रदान गर्न प्रतिवद्ध रहेको वताउनु भयो भने बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले व्यवसायिक हिसाबले महत्वपुर्ण मानिने चितवनमा शाखा संजाल विस्तार गर्ने क्रममा पर्सामा शाखा खोलेकोले ज्योति विकास बैंक मार्पmत कारोवार गरि सहयोग गर्न अनुरोध गर्नुभयो ।

हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटीएममार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटीएम सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १६ अर्ब ३९ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १४ अर्व ७५ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको बैंकका प्रबन्धक बलदेव थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij