काठमाडौं– सुन तस्करीको अनुसन्धानका लागि गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय छानविन समितिले साढें ३३ किलो सुन तस्करी प्रकरणमा व्यापारी सञ्जय खेतान बताउने व्यापारी प्रवीण अग्रवाल पक्राउ परेका छन्।
अग्रवाल यसअघि पक्राउ परेका हुण्डी व्यापारी विमल पोद्दारका पार्टनर हुन्। समितिले व्यापारी अग्रवाललाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो।
शनिबार विहान भारत जान लागेका अग्रवाललार्इ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो। अग्रवालले अवैध सुनमा लगानी गर्ने र सुन खरिदकर्ता समेत खोज्ने काम गर्ने समिति स्रोतले जानकारी दिएको छ ।