२०८३ साउन ९ शनिबार

प्रधानमन्त्री असार ५ गते चीन जाँदै, के–के हुदैछ संझौता ?

ई आर्थिक    बिहिबार, जेष्ठ ३१ २०७५
3.7K
Shares
प्रधानमन्त्री असार ५ गते चीन जाँदै, के–के हुदैछ संझौता ?
जेष्ठ ३१, २०७५, काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले असार ५ देखि चीनको ६ दिने औपचारिक भ्रमण गर्ने भएका छन् । चार मन्त्रीलगायतलाई लिएर ओलीले गर्ने चीन भ्रमणको तालिका बुधबार नेपाल र चीन दुवैले सार्वजनिक गरेका हुन् । भारत भ्रमणको करिब दुई महिनापछि ओली चीन जान लागेका हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङका साथै चिनियाँ समकक्षी ली परराष्ट्र मन्त्रालयद्वारा सार्वजनिक तालिकामा भ्रमण टोलीमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, सांसद, प्रधानमन्त्री पत्नी र सरकारी अधिकारीलगायत रहने उल्लेख छ ।

खछ्याङलगायत नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भए पनि विज्ञप्तिमा सीसँग हुने भेट उल्लेख गरेका छैनन् । चीनका वरिष्ठ नेताहरूसँग भेट्ने भनिए पनि सीसँगको भेटबारे खुलाइएको छैन । नेपाल र चीनबीच केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि छ । ओलीले बेइजिङमा नेपाल–चीन बिजनेस फोरम र थिंक ट्यांकलाई सम्बोधन गर्नेछन् । यस्तै ल्हासा भ्रमण र नेताहरूसँगको भेटवार्ता गर्ने तयारी पनि छ ।

नेपाली पक्षले सीसँगको भेटबारे उल्लेख नगरे पनि चिनियाँ पक्षले राष्ट्रपतिसँग भेट हुने जनाएको छ । प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा त्यसतर्फ जान लागेका ओलीले सीसँग भेट गर्ने तय भएको बेइजिङमा हुने नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कङ स्वाङले बुधबार बताएका हुन् । उनले प्रधानमन्त्री ओलीको भ्रमणबारे जानकारी दिँदै राष्ट्रपति, प्रधानमन्त्रीसहित शीर्षस्थ चिनियाँ नेताहरूसँग भेटवार्ता गर्ने जानकारी दिएको विदेश मन्त्रालयको वेबसाइटमा उल्लेख छ । पत्रकार सम्मेलनमा प्रवक्ता स्वाङले चीनले प्रधानमन्त्री ओलीको बेइजिङ यात्रामा बीआरआईमार्फतको सहयोगबारे गहन छलफल हुने उल्लेख गरेका थिए ।

परराष्ट्र अधिकारीका अनुसार पनि बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय छलफलका साथै परियोजनाहरूसम्बन्धी दुईपक्षीय समझदारीपत्रमा हस्ताक्षर हुनेछ । खासगरी पुराना समझदारीलाई अघि बढाउने विषयमा छलफल हुनेछ । कुन–कुन परियोजनामा कस्तो सहमति हुने भन्ने अझै टुंगो लागेको भने छैन । पुल निर्माण, राजमार्ग प्रयोग, हवाई रुट, नेपालमा रेल मार्ग जोड्ने, जलविद्युत् तथा पूर्वाधारमा लगानी, सडक सञ्जाल, नाका सुदृढीकरण, सीमा सुरक्षा, तेल भण्डारण र चीनको बन्दरगाह प्रयोगलगायत विषयमा प्रोटोकल एवं समझदारी कायम हुने ती अधिकारीले बताए । ‘आर्थिक–व्यापारिक, पूर्वाधार, पुनर्निर्माण, मानवीय सहयोगका साथै बलियो राजनीतिक सम्बन्धका विविध पक्षमा नयाँ उचाइ निर्माणका लागि भ्रमण उपयोगी हुने विश्वास चीनको छ,’ चिनियाँ प्रवक्ता स्वाङले सम्मेलनमा भने ।

कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij