काठमाडौं । जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेप्लीज पार्किन्सन डिजीज एसोशिएसनलाई ब्ययाम मेसिन हस्तान्तरण गरेको छ । पार्किन्सन रोगीहरुलाई परामर्श तथा उपचारमा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको नेप्लीज पार्किन्सन डिजीज एसोशिएसनलाईं बिरामीहरुको ब्ययाम सुविधाको लागि उक्त मेशिन हस्तान्तरण गरिएको हो ।
बैंकको सहायक महाप्रबन्धक तथा काठमाडौं क्षेत्रीय प्रमुख कल्याण पाँडेले एसोशिएसनका अध्यक्ष रत्न राजेश्वरी थापालाई उक्त मेशिन हस्तान्तरण गर्नुभएको थियो । मेशिन हस्तान्तरणको अवसरमा सस्थाका महासचिव मुनाल सुवेदीले पार्किन्सन रोगीहरु पनि समाजका अंग भएकोले उनिहरुलाई उचित परामर्श दिन सकेमा उनिहरुले पनि समाजको लागि कार्य गर्न सक्ने हुदा जनता बैंकको यस सहयोगले सामाजिक कार्यमा अझ हौसला मिलेको बताउनु भयो ।
स्वास्थ्य, शिक्षा, मानवीय सेवाका अतिरिक्त वातावरण संरक्षण तथा सरसफाईको क्षेत्रमा समेत सस्थागत सामाजिक उत्तर दायित्व अन्तरगत कार्य गर्ने यस बैंकको नीति अनुरुप यस आर्थिक वर्षमा सामाजिक उत्तर दायित्वका अन्य कार्यहरु पनि गर्दै जाने योजना रहेको जानकारी दिएको छ ।