२०८३ साउन ९ शनिबार

प्रभु बैंकको नयाँ शाखा टंगालमा

ई आर्थिक    शुक्रबार, चैत्र ३० २०७४
2.6K
Shares
प्रभु बैंकको नयाँ शाखा टंगालमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले काठमाडौंको टंगालमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको बैंकको सञ्चालक अम्बिका शर्मा लामिछानेले एक समारोहका बीच उद्घाटन गर्नुभयो ।

मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये प्रभु बैंक लिमिटेडको भोटाहिटी शाखा कार्यालयलाई टंगालमा स्थानान्तरण गरिएको हो ।

मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल र सहजरुपमा आधुनिक बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij