काठमाडौं । ग्लोबल आइएमई बैंक लि. र नेपाल मेडिसिटी अस्पताल बीच संझौता सम्पन्न भएको छ । बैंक र अस्पताल बीच प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको छ ।
उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल बीच हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापश्चात अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट क्रेडिट र डेबिट कार्ड लिएका बैैंकका ग्राहक तथा बैंकका कर्मचारी एंव कर्मचारीका परिवारले हस्पिटलले प्रदान गर्ने सेवामा १० प्रतिशतसम्म छुट पाउने छन् । यद्मपि, औषधी, उपभोग्य वस्तु, प्रयारोपण सामाग्री एंव चिकित्सकको परामर्श शुल्कमा भने छुट पाइने छैन ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२० वटा शाखा, १२८ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७९ वटा शाखा रहित बैंकिङ्ग सेवामार्पmत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।