२०८३ साउन ९ शनिबार

सिटिजन्स बैंकद्वारा बीरगञ्जमा आफ्नै सुविधा सम्पन्न भवनबाट बैंकिङ सेवा सञ्चालन

ई आर्थिक    मंगलबार, चैत्र १३ २०७४
1.9K
Shares
सिटिजन्स बैंकद्वारा बीरगञ्जमा आफ्नै सुविधा सम्पन्न भवनबाट बैंकिङ सेवा सञ्चालन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बीरगञ्ज आफ्नै सुविधा सम्पन्न भवनबाट बैंकिङ सेवा सञ्चालन गरेको छ । बैंकको हाल रहेको कार्यालय भन्दा करिब १५० मिटर दक्षिणमा रहेको रानीसती मन्दिरसँगै टाँसिएकोे आफ्नै सुविधा सम्पन्न भवनमा स्थानान्तरण गरी बैंकिङ कारोबार सञ्चालन गरेको हो ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गर्नु भएको थियो । करिव ६००० वर्ग फिटमा फैलिएको उक्त शाखाको उद्घाटन समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

अब आफ्नै भवनबाट छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता बीरगञ्ज शाखाका प्रवन्धक दिवस सिंह ठकुरीेले व्यक्त गर्नुभयो । आयात, निर्यात, व्यापार तथा अन्य व्यवसायिक क्षेत्रमा प्रचुर सम्भावना रहेको र यसलाई टेवा पु¥याउने हेतुले विभिन्न नयाँ योजनाहरु संचालन गर्ने कुरा ठकुरीले जानकारी गराउनु भयो ।

मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिङ सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति अब आउने निकट भविष्यमानै बैंकले थप शाखा सञ्चालन गर्ने योजना अगाडी सारेको कुरा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले जानकारी गराउनु भयो ।

‘योर पार्टनर फर प्रोग्रेस’ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पु¥याउँदै आएको यस बैंकले ग्राहक महानुभावहरुलाई देशैभरी फैलिएका यस बैंकको ६८ वटा शाखा, ६५ वटा एटिएम काउन्टर र ९९ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवाप्रदान गर्दै आएको छ । साथै आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij