२०८३ साउन ९ शनिबार

गणेश लामाद्वारा मुचुल्कामा हस्ताक्षर गर्न अस्वीकार, अनुसन्धानका लागि १० दिन म्याद थप

ई आर्थिक    शुक्रबार, चैत्र २ २०७४
3.7K
Shares
गणेश लामाद्वारा मुचुल्कामा हस्ताक्षर गर्न अस्वीकार, अनुसन्धानका लागि १० दिन म्याद थप

वसन्त खड्का, काठमाडौं– बुधबार राति स्वचालित पेस्तोल र त्यसको ६ राउण्ड गोलीसहित पक्राउ परेका गुण्डा नाइके गणेश लामालाई १० दिन म्याद थपेर अनुसन्धान सुरु गरिएको छ।

उनीमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौबाट म्याद थप गरेर हतियार तथा खरखजाना मुद्दामा अनुसन्धान अघि बढाइएको काठमाडौ प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन कुमार थापाले जानकारी दिए। ‘लामामाथि जिल्ला प्रशासन कार्यालयबाट म्याद थपेर अनुसन्धान अघि बढाएका छाैं,’ थापाले भने।

उनीमाथि लागेको आरोप पुष्टि भएमा ६ महिनादेखि एक वर्षसम्म जेल सजायँ र ६० हजार देखि एक लाखसम्म जरिमाना वा दुवै सजायँ हुने छ। लामालाई बुधबार राति गौशालास्थित पशुपति भिजन कम्प्लेक्सबाट प्रहरीले हतियार सहित पक्राउ गरेको थियो। कम्प्लेक्स अगाडी राति हतियार पड्केको आवाज सुनेपछि पछ्याउँदै जाँदा लामालाई पक्राउ गरेको  प्रहरीको दाबी छ।

लामाद्वारा मुचुल्कामा हस्ताक्षर गर्न अस्विकार 

प्रहरी नियन्त्रणमा रहेका लामाले पेस्तोल आफ्नो नभएको भन्दै मुचुल्कामा हस्ताक्षर गर्न अस्वीकार गरेका छन्। प्रहरीले बरामद गरेको हतियार आफ्नो नभएको र आफूमाथि गोली प्रहार गर्न खोज्नेको हतियार खोसेको भन्दै उनले हस्ताक्षर नगरेका हुन्।

‘उनले हतियार आफ्नो नभएको भन्दै मुचुल्कामा हस्ताक्षर गर्न मानेनन्,’ डिएसपी थापाले भने। प्रहरी नियन्त्रणमा रहेका व्यक्तिले बयान नदिन वा चुपचाप बस्न पाउने अधिकार हुन्छ, उनले त्यही अधिकार प्रयोग गरेका हुन्,’ थापाले भने। प्रहरीले हतियार लामाको साथबाट बरामद गरेकाले अरुको हो भन्ने आधार नभएको जनाएको छ।

‘हतियार लामाकै साथबाट भेटिएकाले हामीले उनीमाथि अनुसन्धान गर्नुपर्छ, यदि हतियार उनको होइन भने होइन भनेर पुष्टि गर्नुप-यो,’ डिएसपी थापाले भने। प्रहरीले मौन बस्न पाउने अधिकारको सम्मान गर्दै लामालाई हस्ताक्षरका लागि बाध्य नबनाएको र सरकारी वकिलमार्फत छिट्टै बयान गराइने भएकाले त्यसबाट थप कुरा खुल्ने थापाको भनाई छ। लामाले हतियार आफ्नो होइन भनेर पुष्टि गरेमा भने उनी निर्दाेष ठहरिने प्रहरीले जनाएको छ ।

नेपाली कांग्रेसका नेता विजय कुमार गच्छादार निकट मानिने गुण्डा नाइके लामामाथि २०६६, ०६७ र ०७० मा काठमाडौ प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाएको थियो। त्यस्तै ०६८ मा लामामाथि बैंकिङ कसुरमा समेत मुद्दा चलाइएको थियो।

काठमाडौ बाहिरका ललितपुर काभ्रे लगायतका जिल्लामा पनि उनी विरुद्ध विभिन्न मुद्दाहरु चलेको प्रहरीले जनाएको छ।  नागरिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij